निराज रानाभाट, भरतपुर , चितवन: चितवन जिल्लाको भरतपुरमा कार्यालय रही देशभरनै डिजिटल मार्केटिङ सेवाहरु प्रदान गर्ने कम्पनि एस.डि टेक कम्पनीले साना तथा मझौला उद्यमीहरूको लागि एक दिने नि:शुल्क डिजिटल मार्केटिंग सम्बन्धि सेमिनार असाेज ३१ गते , साेमबार(आज) गर्दै छ ।
साना तथा मझौला उद्यमीहरूलाई डिजिटल मार्केटिङको महत्त्व बुझाउन तथा प्रयोग गर्न सिकाउने उद्देश्यले सेमिनार आयोजना गरिएको एस.डि टेक कम्पनीका प्रमुख कार्यकारी निर्देशक सौगात देवकोटाले बताए । सेमिनारमा सहभागीहरुलाई आफ्नो व्यवसाय प्रवर्द्धनका लागि सामाजिक संजालको प्रयोग, गूगल बिजनेस प्रोफाइल , बेसिक ग्राफिक डिजाइनिङ्ग , व्यवसायमा वेबसाइटको प्रयोग आदि लगायत डिजिटल मार्केटिङको प्रयोग बारेमा तालिम दिइने छ ।
एस.डि टेक कम्पनीको सहायक कम्पनी अवसर एकेडेमीले आयोजना गरेको वर्कशपमा एस.डि टेक कम्पनि , नारायणी वेब टेक्नोलोजी र भी ग्रुप कम्पनीका प्रतिनिधिहरुले तालिम प्रदान गर्ने छन् ।
कार्यक्रम असोज ३१ गते , साेमबार (आज) चितवनकाे भरतपुर महानगरपालिका – १०, स्याउलीबजारस्थित भ्याली स्टेट कलेजमा बिहान ११:३० बजेदेखि हुँदै छ । कार्यक्रमको मिडिया पाटनरमा`नारायणी प्रेस´ रहेको छ ।
