• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

बल्झिँदै चितवन कांग्रेस विवाद


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • सत्ता गठबन्धनले शनिबार दिउँसो भरतपुरमा चुनावी आमसभा आयोजना गर्दा कांग्रेस समर्थक युवाहरूको एउटा समूहले र्‍याली गर्दै सभास्थलमा पुगेर नाराबाजी गरे । उनीहरूको माग थियो, ‘गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउने वातावरणका लागि विकास कोइरालाको कारबाही फुकुवा गर ।’

    Advertisement

    कोइराला झन्डै ९ वर्षअघि कारबाहीमा परेका पार्टीका पूर्वजिल्ला सभापति हुन् । प्रतिनिधिसभा सदस्यतर्फ ३ निर्वाचन क्षेत्र रहेको चितवनमा सत्तारूढ गठबन्धनबाट कांग्रेसले चितवन–१ र २ मा क्रमशः विश्वनाथ पौडेल र उमेश श्रेष्ठलाई उठाएको छ ।

    चितवन–३ मा माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी चुनावी मैदानमा छन् । उम्मेदवारी चयन प्रक्रिया र मनोनयन दर्तासँगै चितवन कांग्रेसमा देखा परेको असन्तुष्टि आमसभासम्मै पोखिएको छ ।

    सभामा भाषण गर्ने क्रममा उम्मेदवारहरूको चर्चा चल्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन–२ का उम्मेदवार उमेश श्रेष्ठको प्रशंसा अरूको भन्दा बढी नै गरे । विकास कोइरालाको प्रभाव रहेको क्षेत्र पनि यही हो । कोइरालाका समर्थकको मागप्रति सभापति देउवाको टिप्पणी थियो, ‘पुरानो कुरा परेछ । मलाई जानकारी पनि थिएन । कारबाही फुकुवा हुन्छ, किन नहुने तर पार्टीका उम्मेदवार जिताउनुस्, फुकुवा हुन्छ ।’

    कोइरालाले यसअघि नारायणगढमा चियापान राखेर समर्थकको ठूलो जमघट गरेका थिए । चितवन–१ का कांग्रेस उम्मेदवार पौडेल पनि देउवानिकट मानिन्छन् । उक्त क्षेत्रमा कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, बालुवाटार पुगेर देउवाले राष्ट्रिय सभामा लैजाने वचन दिएपछि उनले उम्मेदवारी निष्क्रिय पारे ।

    चितवन–१ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार भएका हुन् पौडेल तर यो क्षेत्रमा योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेसका युवा नेता स्वर्णिम वाग्ले पनि उम्मेदवार बन्न खोजिरहेका थिए । पौडेल उम्मेदवार भएपछि वाग्ले चितवनको चुनावी अभियानमा सरिक भएका छैनन् । तर, वाग्ले कात्तिक ३० मा पौडेलको प्रचार गर्न आउने कार्यक्रम रहेको कांग्रेस जिल्ला समितिका एक नेताले बताए ।

    कांग्रेस उम्मेदवार नभएको चितवन–३ मा कांग्रेसकै दुई जना प्रभावशाली नेता स्वतन्त्र उम्मेदवार छन् । पार्टीका केन्द्रीय सदस्य रहेका दिनेश कोइराला स्वतन्त्र उठेपछि एमालेले आफ्ना रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको छ । त्यसैगरी, पुराना नेता जगन्नाथ पौडेल पनि सोही क्षेत्रमा उम्मेदवार छन् । आफ्ना उम्मेदवार रहेको क्षेत्रमा यस्तो हुँदा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चिन्तित देखिन्छन् । ‘कांग्रेसभित्र अलिकति जटिलता आयो भने मलाई चिन्ता लाग्छ । कांग्रेसभित्रको समस्या हल भइदिए हुन्थ्यो भन्ने हुन्छ । प्रधानमन्त्रीजी र म पटक–पटक कुरा पनि गरेका छौं । सहज वातावरण बनाउनका लागि नै प्रधानमन्त्रीजी नै आउनुभएको हो । म पनि आएको हो,’ सभामा दाहालले भने ।

    उनले देशको हितका लागि यी सानातिना कुराहरू थाती राखेर या समाधान गरेर अगाडि बढ्न पनि अपिल गरे । दाहाल अघिल्लो निर्वाचनमा चितवन–३ बाटै प्रतिनिधिसभा सदस्यमा एमालेसँग चुनावी तालमेल गरेर विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दा भरतपुर महानगरमा कांग्रेसभित्र चर्को असन्तुष्टि देखा परेको थियो । यो पटक पनि चितवन–३ बाटै उठ्ने तयारीमा रहेका दाहालले अन्तिम समयमा गोरखा–२ बाट उठ्ने निर्णय लिएका थिए । दाहाल गोरखा गए पनि चितवन कांग्रेसभित्रको असन्तुष्टि रोकिएको छैन ।

    विकास कोइराला ०७० को संविधानसभा सदस्य निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ बाट उठेपछि कारबाहीमा परेका थिए । कारबाही फुकुवाको विषयमा पार्टीका जिल्ला सभापति र भरतपुर नै आएका केन्द्रीय सभापतिसँग दोहोरो कुराकानी नभएको कोइरालाले बताए ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.