• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

महोत्तरी-३ : उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान नजिकिँदैछ। जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसमेत सम्मिलित महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारलाई अहिले मतदाता भेट्न भ्याइनभ्याइ छ।

    Advertisement

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसहित २१ प्रतिनिधिसभाका उम्मेदवार छन्।

    संयोग नै भन्नुपर्छ, ठाकुर, लाल र यादवले विगतमा नेपाली कांग्रेसबाट राजनीति प्रारम्भ गरेका थिए। तत्कालीन पञ्चायतकालमै कांग्रेसमा आवद्ध रही प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लामो योगदान दिका यी तीनै नेता २०६२/६३ को मधेस आन्दोलनपछि तत्कालीन तमलोपा र मधेसी जनअधिकार फोरममा आवद्ध भए।

    ठाकुर र लाल तमलोपामा र यादव तत्कालीन फोरमबाट नयाँ राजनीति यात्रा सुरु गरेका थिए। यादव विसं २०६४ को पहिलो संविधानसभामा जिल्लाको तत्कालीन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

    २०७७ सालमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी र तमलोपा एकीकरण हुँदा तीनैजना एउटै दलमा आवद्ध भए। तर यो एकीकरण एक वर्ष नपुग्दै २०७८ मा पुनः विभाजन आएको थियो।

    २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी पार्टी गठबन्धनमा चुनाव लड्दा लाल र यादव अध्यक्ष ठाकुरका सहयोगी थिए। अहिले तिनै पूर्वसहयोद्धा र सहयोगी अध्यक्ष ठाकुरका यसपटकका मुख्य प्रतिष्पर्धीमा उत्रिएका छन्।

    “उम्मेदवार त २१ जना हुनुहुन्छ, सबै जनताकै बीच देखिनुहुन्छ”, जलेश्वरवासी मनोज झा भन्छन्, “तर अहिलेसम्मको जनप्रतिक्रिया हेर्दा ठाकुर, यादव र लालको बढी चर्चा सुनिन्छ।”

    ठाकुर यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निकटतम् तत्कालीन वाम गठबन्धनका प्रतिष्पर्धीभन्दा झण्डै तेब्बर मत बढी पाएर प्रतिनिधिसभामा विजयी भएका थिए। खासमा अहिलेको आसन्न निर्वाचन परिणाम जसको पक्षमा आए पनि क्षेत्रको चर्चा भने ठाकुरको उम्मेदवारीले बढाएको कुरा सामान्यतया यहाँ सबैले स्वीकार्छन्।

    यसपालि दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार बन्नुभएका ठाकुरले २०७४ को निर्वाचनमा आफ्ना निकटका सहयोगी जसपा नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसँग कडा टक्कर लिनुपर्ने आकलन धेरैले गर्दछन्।

    २०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवारलाई करिब तेब्बर मतले पछि पार्दै विजयी भएका ठाकुर यसपालि भने आफ्ना यसअघिका सहयोगीसँगको प्रतिस्पर्धाले ढुक्क हुने स्थिति भने नरहेको कतिपयको अड्कल छ। ठाकुरका सहयोगी फेरिएका छन्।

    कांग्रेसले त २०७४ मा पनि उनको समर्थन गरेको थियो, त्यो यसपालि पनि सत्ता गठबन्धनमार्फत कायम छ। गठबन्धनमार्फत नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ठाकुरका नयाँ सहयोगी बनेका छन्।

    यसअघि २०७४ मा फराकिलो अन्तरको विजय, राष्ट्रिय व्यक्तित्व र सत्ता गठबन्धनका साथ ठाकुरको अहिलेको जितका लागि मुख्य आधार लोसपाका नेता-कार्यकर्ताले मान्दै आएका छन्। “उहाँ निष्कलङ्क छविका शीर्षनेता हुनुहुन्छ, जनताले साथ दिनेछन्”, मटिहानी–७ का चन्देश्वर साह भन्छन्।

    निर्वाचन अभियानमा अहिले सघनरूपले मतदातासँगको भेटघाटमा रहेका ठाकुर पनि आफुप्रति २०७४ भन्दा बढी जनताको स्नेह पाएको बताउँछन्। “म, मेरो दल र हामी आवद्ध गठबन्धन निर्वाचन परिणामबारे संशयमा छैनाैं, जितप्रति ढुक्क छौँ”, उनले भने, “जनताको अपार समर्थन हामीसँग छ।” महोत्तरीका जनताले संविधानको पुनर्लेखनको मुद्दा सम्बोधनका लागि पनि आफूलाई साथ दिने ठाकुरको विश्वास छ।

    जसपाका केन्द्रीय सदस्य यादवलाई नेकपा (एमाले) को साथ छ। एमाले-जसपा गठबन्धनका उम्मेदवार यादव अहिले दिनरात नभनी जनसम्पर्कमा छन्। सञ्चारकर्मीसँगको कुराकानीमा यादवले आफ्नो दल र एमाले क्षेत्रका मुख्य जनआधार भएका पार्टी भएको हुँदा आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे। उनी भन्छन्, “अहिले जनताले लयबाट व्यक्त गर्दैछन्, हेर्नुहोला, मङ्सिर ४ गते मतबाट अभिव्यक्त हुनेछ।”

    यसैगरी तमलोपाका अध्यक्ष लाल पनि जनताको समर्थन पाइरहेको बताउँछन्। क्षेत्रमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका उम्मेदवार पनि सघनरूपले चुनावी अभियानमा जुटेका देखिन्छ। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा दलका अतिरिक्त १० जना स्वतन्त्र उम्मेदवार छन्।

    क्षेत्रमा निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि केही दिनमात्र बाँकी छँदा चुनावी प्रचार उत्कर्षमा देखिँदो छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब आजबाहेक दुई दिनमात्र बाँकी छँदा यहाँका बस्ती-बस्तीमा दल र उम्मेदवारको सघन आउजाउ बढ्दो छ।

    क्षेत्रका बस्ती-बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन्। दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती-बस्तीमा कोणसभाका कार्यक्रम सम्पन्न गर्दैछन्।

    प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट लोसपाकै अभिराम शर्मा र रानी शर्मा तिवारी उम्मेदवार छन्। एमाले जसपा गठबन्धनबाट भने (१) बाट जसपाका दीपेन्द्र झा र (२) बाट एमालेका पोलिटब्यूरो सदस्य रामदयाल मण्डल उम्मेदवार छन्।

    प्रदेशसभा क्षेत्र (१) मा एक महिलासहित १२ उम्मेदवार छन्। जसमा आठ स्वतन्त्र हुन्। त्यसैगरी प्रदेशसभा क्षेत्र (२) मा २६ जना उम्मेदवार छन्। जसमा एक महिला छिन्। स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए।

    यसपटक महोत्तरी-३ प्रतिनिधिसभा क्षेत्रमा ९९ हजार नौ सय ३० मतदाता कायम छन्। महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रभित्र ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत सेनले जानकारी दिए।

    अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी (जनशक्ति) नियुक्ती गरी तालिम दिएर सम्बन्धित मतदान केन्द्र खटाइ पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.