• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एमालेसँग तालमेलको घुर्की लगाएर कांग्रेससँग बार्गेनिङ पावर बढाउने माओवादीको अस्त्र


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • निर्वाचनको सबै क्षेत्रको अन्तिम परिणाम लगभग आइसक्दा दलहरु नयाँ सरकार गठनको तयारीमा लागेका छन्। गठबन्धनमा आवद्ध मुख्य दलहरु चुनावी परिणामसँगै आफैंले सरकारको नेतृत्व गर्नेगरी अन्तिम तयारीमा जुटेका छन्।

    Advertisement

    गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार गठनको तयारी गर्दै आन्तरिक छलफलमा ब्यस्त रहेका छन्।

    शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारीसँगको छलफलमा अहिले सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठनको प्रयत्न गर्ने त्यसो हुन नसके कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नेबारे तयारी गरिएको जानकारी गराएको एक पदाधिकारीले बताए।

    यद्यपि प्रवक्ता कृष्णबहादुर महराले सबै विकल्प खुला गरिएको सार्वजनिक रुपमा बताएपनि माओवादी कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा सहमत भएको बताइएको छ। ती पदाधिकारीले भने, ‘बाहिर महराजीले जे भने पनि नयाँ गठबन्धन हुने कुनै गुञ्जायस छैन त्यसो गर्नुु राजनीतिक रुपमा उपयुक्त पनि हुँदैन। अहिलेलाई यही गठबन्धनलाई निरन्तरता दिनु नै सबै कोणबाट सही हुन्छ तर दलीय व्यवस्थामा छलफल त सबैसँग हुन सक्छ।’

    माओवादीका निकट स्रोतका अनुसार सरकारको आलोपालो नेतृत्वका विषयमा आगामी दिनमा छलफल गर्दै अहिलेलाई कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारी भइरहेको छ।

    माओवादीले चुनावी समीक्षा र आगामी सरकार गठनको प्रक्रिया लगायत विषयमा छलफल थालेको समेत महासचिव देव गुरुङले स्वीकार गर्दछन्। तर तत्काल वामपंथीहरुको सम्वाद र सहकार्य नजुटिरहेको बेला यही गठबन्धनलाई नै निरन्तरता दिन माओवादी तयार रहेको ती पदाधिकारीको भनाइ छ।

    उनले भने, ‘तत्काल यही गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पार्टीको अनौपचारिक छलफलमा आएको हो। अरु बिस्तारै समयक्रममा के हुन्छ आइतबार फेरि बैठक बस्दै छ। अहिले नै भन्न सकिन्न।’

    उनले सरकारको नेतृत्वमा दाबी रहेको बताए। उनले थपे, ‘समानुपातिकतर्फको अन्तिम मतपरिणाम आएलगत्तै सरकार गठनको तयारी हुन्छ। त्यसको नेतृत्व कांग्रेसले नै गर्ने अहिलेसम्मको परिस्थतिले देखिन्छ त्यसमा हाम्रो दाबी पनि यथावत छ।’

    त्यसपछि बाँकी केही समय सरकारको नेतृत्व गर्ने माओवादीको माग भने यथावत रहेको गुरुङको भनाइ छ। संवैधानिक रुपमा कार्यपालिकाको काम कारबाही अगाडि बढाउन कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने र त्यसपछि अन्य भागबण्डामा टुंगो लगाउने गुरुङ बताउँछन्।

    राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका संवैधानिक पदहरुको बाँडफाँट गठबन्धनकै दलहरुको आन्तरिक सहमतिमा तय गर्ने उनको भनाइ छ।
    पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गरेपछि बाँकी आफूहरुले पाउनुपर्ने माओवादीको माग छ। तर समयावधिको बारेमा भने अझै टुंगो नलागेको महासचिव गुरुङ बताउँछन्।

    उनले भने, ‘बाँकी बाँडफाँटका बारेमा दलहरुबीचकै सहमतिवाट तय गरिन्छ। अहिले निर्वाचनको परिणाम सार्वजनिक भएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएपछि ठूलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसले नै गर्छ। त्यसपछि अरु विषयमा गठबन्धनले नै टुंगो लगाउँछ।’

    माओवादीले समेत सरकारको नेतृत्व आफूले गर्नुपर्ने दाबी गर्दै आइरहेको बेला गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोत बताउँछ। यद्यपि समयावधि भने अझै टुंगो लागिनसकेको स्रोतको दाबी छ।

    यदि कांग्रेसले सरकारको नेतृत्व गरेमा माओवादीले राष्ट्रपति पाउने निश्चित छ । तथापि गठबन्धनमा आउन सक्ने अन्य नयाँ दललाई समेत समेट्नुपर्ने भएकाले पदका बारेमा अझै यकिन नभएको स्रोतले जनाएको छ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.