• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

प्रधानमन्त्रीले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजाको राप्रपा सांसदहरुसँग ‘सिंगल-सिंगल’ भेट


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘सिंगल–सिंगल’ भेट गरेका छन्। पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन्।

    Advertisement

    पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको कुरा भने गोप्य राखिएको छ। पूर्वराजाले दुई दिन लगाएर राप्रपाका केही सांसदहरुलाई चितवनमा र अन्य सांसदहरुलाई बाराको सिमरामा भेटेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपाको समेत समर्थनमा प्रधानमन्त्री नियुक्त भएकोले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

    राप्रपा महामन्त्री धवलसमशेर राणाले सरकारमा सहभागिताबारे आफूहरुले पूर्व राजालाई जानकारी गराउन आफू र अध्यक्ष राजेन्द्र लिङ्देनले सिमरा पुगेर भेट गरेको बताए। ‘एक हप्ता अगाडि अध्यक्षज्यू र म सिमरा पुगेर सरकारमा सहभागिताका विषयमा महाराजधिराज (पूर्व राजा) लाई अपडेट गराएका हौं,’ राणाले डिसी नेपालसँग भने, ‘१४ जना सांसदले नै भेटेको भन्ने कुरा मलाइ जानकारी छैन।’ उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य केही नेताले पनि पूर्वराजासँग भेटेको जनाए।

    पूर्वराजाको राप्रपा अध्यक्षसहित सांसदहरुसँग छुट्टाछुट्टै भेट र यही बीचमा परिवर्तिन राजनैतिक कोर्सलाई हेर्दा नेपाली राजनीतिको दिशा प्रभावित हुन सक्ने र यसमा पूर्वराजाको प्रभाव रहन सक्ने समेत आंकलन गरिएको छ। राप्रपाले विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डको यसअघि स्थापित छविमा समेत परिवर्तन देखिएको छ। राप्रपासहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे। यसअघि प्रचण्ड सार्वजनिक रुपमा दौरा सुरुवाल लगाउँदैनथे।

    राप्रपाकै एजेण्डाअनुसार प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्ति मनाउने र त्यो दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ । अर्कोतर्फ राप्रपाले सुरुमा सरकारलाई समर्थन गर्ने निर्णय गरेको भए पनि सरकारमा सहभागी नहुने बताएको थियो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा समेत राप्रपा पहिले सकारात्मक थिएन।

    तर, पूर्वराजा र राप्रपा अध्यक्ष लिङदेनको भेटपछि अचानक राप्रपा विश्वासको मत दिन तयार हुनुले प्रचण्डमाथि पूर्वराजाको केही प्रभाव रहेको र प्रचण्ड समेत राप्रपामार्फत पूर्वराजाका केही चाहनाहरुमा सकारात्मक रहेको अनुमान गरिएको छ।

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.