लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले लाभांश संशोधन गरेको हो।
अव कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर ६.९९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३६७९ प्रतिशत नगद लाभांश दिने भएको छ। गत पुस १३ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।
