• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

पाकिस्तानमा प्रहरी लक्षित बम हमलामा मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो


  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका प्रहरी लक्षित आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। उक्त मस्जिद कडा सुरक्षा व्यवस्थापन भएको प्रहरी मुख्यालय क्षेत्र भित्र अवस्थित छ।

    Advertisement

    “आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई हमला गरेर डर पैदा गर्न चाहन्छन्,” प्रधानमन्त्री शहबाज शरिफले भने। पाकिस्तानी तालिबानले आफ्नो एक कमान्डरको प्रारम्भिक दाबी पछि उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। गत नोभेम्बरमा त्यस समूहले युद्ध विराम अन्त्य गरेसँगै हिंसा बढ्दै गएको छ।

    डिसेम्बरमा उसले देशको उत्तर-पश्चिममा रहेको प्रहरी चौकी लक्षित आक्रमण गरेको थियो जसमा ३३ जना आतङ्ककारी मारिएका थिए। अस्पतालका प्रवक्ताले बीबीसीलाई बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ५९ पुगेको छ र १५७ जना मानिस घाइते भएका छन्।

    पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी अधिकारीहरू रहेको स्थानीय सञ्चारमाध्यमलाई बताए। घटना भएको मस्जिद सहरको सर्वाधिक नियन्त्रित क्षेत्रहरू मध्ये एक हो जहाँ प्रहरी मुख्यालय, जासुसी र आतङ्कवाद विरोधी निकायहरू रहेका छन्।

    प्रधानमन्त्री शरिफले उक्त आक्रमणको “इस्लाम धर्मसँग कुनै सम्बन्ध नभएको” बताए। उनले भने,”सम्पूर्ण राष्ट्र आतङ्कवादको त्रासविरुद्ध एकजुट भएर उभिएको छ।” अफगानिस्तानसँगको सीमा नजिकै रहेको उत्तर-पश्चिमी सहरमा दिउँसोको प्रार्थनाको समयमा करिब साढे एक बजे विस्फोट भएको थियो।

    सामाजिक सञ्जालमा सार्वजनिक र बीबीसीले प्रमाणित गरेको एक भिडिओमा पर्खालको आधा भाग भित्र पसेको देखाइएको छ। मस्जिदभरि इँटा र भग्नावशेष देखिएका छन् र भाग्न खोज्ने मानिसहरू त्यहीँ लडिरहेको देखिन्छन्।

    विस्फोट भएको केही घण्टापछि बीबीसी न्यूजले घाइतेहरूले भरिएको एक भवन देख्यो जहाँ अझै पनि उनीहरू प्रहरीकै बर्दीमा छन्।

    कतिपयलाई जलन हुँदा लगाउने मलहम लगाई दिइएको थियो। उनीहरूको छाला जलनका कारण रातो भएको थियो। कतिपय भग्नावशेषमा ठोक्किँदा उनीहरूको हड्डी भाँचिएको छ।

    एक जना मानिसले विस्फोटको आवाजका कारण आफूले अझै सुन्न नसकेको बताए। अर्का एक जनाले भग्नावशेषमा फसेको करिब एक घण्टापछि मात्र आफ्नो उद्धार गरिएको बताए।

    अहिले पाकिस्तानका प्रधानमन्त्री आपत्कालीन भ्रमणका लागि पेशावर पुगेका छन्। त्यहाँ उनलाई स्थानीय अधिकारीहरूले घटनासम्बन्धी जानकारी दिनेछन् र विस्फोटमा घाइते भएकाहरूलाई भेट्नेछन्।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आक्रमणको निन्दा गरेका छन्। उनका प्रवक्ताले भने: “प्रार्थना स्थलमा यस्तो आक्रमण हुनु घृणाको विषय हो।”

    पाकिस्तानी कूटनीतिका लागि एक महत्त्वपूर्ण साताको सुरुवातमा आक्रमण भएको हो। सोमवार, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान ईश्लामावादको भ्रमण गर्ने तयारीमा थिए। यद्यपि, मौसमी प्रतिकूलताका कारण अन्तिम समयमा उनको यात्रा रद्द गरिएको थियो।

    मङ्गलवार, अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानलाई ऋण तिर्न नसक्ने अवस्थामा पुग्नबाट रोक्नको लागि आर्थिक सहयोगको प्रक्रिया सुरु गर्न त्यहाँ भ्रमण गर्दैछ।

    गत मार्च महिनामा पनि पेशावर बम आक्रमणको भएको थियो जसमा परी सुन्नी मुस्लिमको बाहुल्य रहेको देशमा शिया मुस्लिम मस्जिदमा रहेका दर्जनौँको ज्यान लियो।

    राजधानी ईश्लामावादमा प्रहरीले उच्च सतर्कता जारी गर्दै सहरका सबै प्रवेश र निकास बिन्दुहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको बताएको छ।

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.