• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

तीन वर्षमा सक्नुपर्ने ठिमुरा पुलको काम आठ वर्षमा ६० प्रतिशत मात्रै


  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
  • चितवन । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने ठिमुरा पुलको काम आठ वर्षमा ६० प्रतिशत मात्रै भएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण दुई पटकसम्म भत्किएको पुलले तीन मजदुरको ज्यान लिएको थियो । त्रिशुली नदीमाथि बनेको चितवनको ठिमुरा र देवघाटको घिनाटार जोड्ने यो पुलको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ । यद्यपी चैतमा पनि पुल निर्माण सम्पन्न हुने देखिदैन ।

    Advertisement

    सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्ष २०७९/८० भित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २१ करोड ६८ लाख रुपैयाँमा पुल निर्माण गर्न इलाईट–एड्भेन्चर–इन्द्रेणी जेभीसँग २०७१ कात्तिकमा सम्झौता भएको थियो । दुई पटकसम्म पुल भत्किएर तीन मजदुरको ज्यान गएपछि गठित छानविन समितिले समयमै ‘प्रिस्टेस’ गर्न नसक्दा पुल भत्किएको प्रतिवेदन दिएको थियो ।

    अहिले पुल निर्माणले राम्रो गति लिएको सडक डिभिजन प्रमुख पौडेल बताउँछन् । ‘यो पूल दुईपटक सम्म भत्कियो । यसपटक हामी गम्भिर भएर अध्ययन गरेर, प्रिजेन्टेसन गरेर विज्ञहरुको सरसल्लाह बमोजिम नै अहिले पुल बनिरहेको छ’, सडक डिभिजन प्रमुखले भने । दुई पटकसम्म भत्केको यो पुलको निर्माण कम्पनी करिब ७ करोड रुपैयाँ घाटा खाएर काम गरेको उनी बताउँछन् ।

    आगामी असार मसान्तसम्म काम सक्ने आँकलन गरिएको उनले बताए । त्यसका लागि फेरि तीन महिना म्याद थप्नुपर्ने छ । ‘करिब ६० प्रतिशत काम बनेको छ, अब ४० प्रतिशतलाई धेरै समय लाग्दैन’, उनले भने, ‘ठेकेदारले ५० प्रतिशत अर्थात् करिब १२ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।’ पुलमा ४ वटा स्पानमा आरसिसि हाल्नुपर्नेमा दुईवटामा भइसकेको र बाँकी दुईवटा बाँकी रहेको उनको भनाई छ ।

    ‘अब बाँकी एउटा ४० मिटरको आरसिसिको स्पान हाल्ने काम, अर्को ८० मिटरको स्टिलको ट्रस ब्रिज हाल्ने काम हो’, उनले भने, ‘एउटा आरसिसिको काम हुँदै छ, फागुनको एक/दुई गते ढलान हुन्छ । त्यसको केबल तान्ने २८ दिनपछि हो, फागुन मसान्तसम्म आरसिसिको काम सकिन्छ ।’ स्टिलको ट्रस ब्रिजको काम मुख्य भएकाले कार्यतालिका अनुसार नै हुने उनले बताए ।

    ‘चैत्र मसान्तभित्र मेन स्टिल ब्रिजको काम सक्ने टार्गेट छ, त्यसपछि खोला बढेपनि माथीको डेक ढलान गर्न समस्या हुँदैन, टेका लगाउन पनि पर्दैन,’ उनले भने । पुल दुई सय मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान हुन्छन् । कंक्रिटका ४०र४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान रहन्छ ।

    बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.