• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

ओलीमाथि दबाव बढाउँदै प्रचण्ड, एमालेबाटै सर्वस्वीकार्य राष्ट्रपतिको खोजी


  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
  • ‘गठबन्धन पनि जोगाउनु छ, गृहमन्त्रालय पनि आफूसँगै राख्नुपर्ने अवस्था छ’, बुधबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँगको परामर्शमा उक्त कुरा भएका हुन्।

    Advertisement

    गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी र पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपालाई दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिइरहेको दबावपछि प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष र महासचिवसँग परामर्श गरेका थिए।

    प्रचण्ड तत्काल गठनबन्धन तोड्ने पक्षमा पनि देखिँदैनन् भने रास्वपालाई गृहमन्त्री दिन पनि तयार छैनन्। गृह मन्त्रीकै विषयलाई लिएर उनी गठबन्धनमा खटपट नहोस् भन्नेतर्फ पनि सचेत देखिएका छन्।

    तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा सत्ता गठबन्धनमा अविश्वास बढ्ने संकेत देखिएका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा पुस १० मा सभामुख र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। सो सहमति अनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

    निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्वाचन कार्यकतालिका तय गरिसकेको छ। विगतका अनुभवलाई हेर्दै प्रचण्ड यो पटक राष्ट्रपतिमा पार्टीप्रति वफादार भन्दा पनि आफ्नो संवैधानिक दायित्वप्रति सचेत रहने राष्ट्रपतिको खोजीमा छन्। प्रचण्ड एमालेबाटै सर्वस्वीकार्य राष्ट्रपति हुनुपर्ने पक्षमा रहेको माओवादी निकट स्रोतले जनाएको छ।

    ‘अहिले विभिन्न अड्कालबाजी र आशंका व्यक्त भइरहेका छन्,’ प्रचण्ड निकट स्रोत भन्छ, ‘उहाँ (प्रचण्ड) यही गठबन्धनलाई निरन्तरता दिँदै पूर्व सहमति अनुसार नै अगाडि बढ्ने योजनामा हुनुहुन्छ। तर राष्ट्रपतिमा भने उहाँले एमालेबाटै सर्वस्वीकार्य व्यक्ति हुनुपर्छ भन्ने उहाँको भनाइ हो।’

    माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय नै गरिसकेको छ। यसबाट एमाले झस्किएको छ। तर एमाले पनि तत्काल प्रचण्ड सहमतिबाट पछि नहट्नेमा विश्वस्त देखिन्छ।

    पुस १० को सहमति अनुसार अघि बढ्दा प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री बन्ने निश्चित हुने तर माओवादीले कांग्रेसको उम्मेदारलाई सहयोग गरे माओवादीको हातमा केही पनि नरहने स्थिति आउने भएकाले प्रचण्ड तत्काल गठबन्धन तोडेर अर्को पक्षमा जाने अवस्था नरहेको एमालेको बुझाइ छ।

    तर माओवादीभित्र राष्ट्रपति कुनै पनि हालतमा एमालेलाई दिन नहुने मत बलियो छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेर माओवादीले ओलीमाथि दबाव बढाएको छ। तर एमालेबाटै सर्वस्वीकार्य राष्ट्रपति बनोस् भन्ने माओवादीको चाहना गरेको छ।

    मंगलबार पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गृह मन्त्रालयलाई लिएर आफूहरू अहिले पनि सल्लाहमै रहेको बताएका थिए। ‘सकेसम्म गठबन्धन नटुटोस् भन्ने प्रयास गरेका छौँ, हामी सल्लाह गर्दै छौँ,’ उनले भने।’

    तत्कालीन गठबन्धनमा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री नदिएपछि गत पुस १० गते अकस्मात सात दलीय गठबन्धन बनेको थियो।

    बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.