चैत्र २, काठमाडौं । निडर, निर्भिक, स्पस्ट बक्ता र स्वदेशमा नै केही गर्नु पर्छ भन्ने भावना राख्ने एक कर्मसिल युवा हुन् कृष्ण हुमागाईं। काभ्रेमा जन्मिएर , बाल्यकाल निजगढमा बिताएका कृष्णले गाैरीशंकर माध्यमिक विद्यालयबाट +2 पूरा गरि थप उच्च शिक्षाका लागि काठमाडौं गए ।
स्कुले जीवनमा अत्यन्त बिलक्षण प्रतिभा भएका कृष्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सधैं उत्क्रिस्ट हुन्थे। सानै उमेर देखि नै देशको लागि केही गर्नु पर्छ भन्ने हुट-हुटि सधैं उनमा थियो । उच्च शिक्षा पछि स्नातक शिक्षा आर्जन गर्नको लागि काठमाडौँ आए पछि झनै देशको लागि आफ्नो जीवनको महत्वपूर्ण समय देशलाई समर्पित गर्ने भावन जागृत भएको उनी बताउछनउन ।
नेपालकाे अत्यन्तै ठुलो र उत्कृष्ट क्याम्पस शंकरदेव क्याम्पसबाट स्नातक पास गरेका हुमागाईंले +२ अध्ययन गर्दै नेपालकाे एकमात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालमा आबद्ध भई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्दै त्यस संगठनमा विभिन्न जिम्मेवारीहरू प्रदेश सचिव, केन्द्रीय सह- कार्यालय प्रमुख जस्ता महत्त्वपूर्ण दायित्व पूरा गर्दै राष्ट्रिय मिडिया प्रमुख समेत भइसकेका छन् भने नेपाल सरकार युवामन्त्रालय अन्तरगतकाे राष्ट्रिय युवा परिषद्काे संघीय नमुना युवा सांसद प्रदेशमा र केन्द्रमा पनि अभ्यास गरिसकेका छन् । साथै नेपालकाे पहिलो आइटि कलेज लर्ड बुद्व एजुकेसन फाउन्डेसनकाे मार्केटिङ अफिसर पदमा रहेर कामपनि गरिसकेका छन् ।
उनी हाल नेपाल कमर्स क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टार अध्ययनरत कृष्णले १४ बर्ष पछाडि २०७९ साल चैत्र ५ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबमा स्वतन्त्रबाट सभापति (अध्यक्ष) पदमा उम्मेदवारी दिएका छन्। शैक्षिक क्षेत्रलाई सधै दलगत राजनीतबाट मुक्त राख्नु पर्छ भन्ने मुद्दालाई उठाउदै चुनावी मैदानमा हाेमीएका छन् ।
नेपालमा अहिले युवाहरू अध्ययनको नाममा रोजगारीको लागि विदेश पलायन हुदै गर्दा , हाम्रा शैक्षिक संस्थाले सिप मुलक शिक्षा र रोजगार दिन सकेको छैन। कृष्ण जस्ता जोशिला युवाहरू स्ववियुमा हुदै गर्दा शैक्षिक गुणस्तर पनि पक्कै बृद्वि हुने देखिन्छ । कृष्णले शिक्षा क्षेत्रको लागि आफ्नो जिबन समर्पित गर्दै , नेपाल कमर्स क्याम्पसमा शैक्षिक पात्रो नै विकास गरि सोही बमोजिम पठन पाठन र परिक्षा संचालन गर्ने योजना राखेका छन्।
उनले बिद्यार्थी भर्ना , छत्रवृत्ति वितरण , तथा अन्य शैक्षिक गतिबिधिमा दलिय भागबन्डा अन्त्य गराउने अठोट रहेको बताए। नेपालमा अधिकांस सरकारी बिद्यालयहरु राजनीति गर्ने अखडा बन्दै आएको देखिन्छ र नेपाल कमर्स क्याम्पस पनि अछुतो छैन। कृष्णले आफु अब कमर्स क्याम्पसलाई राजनीति गर्ने अखडा नभई शैक्षिक गुणस्तरममा अब्बल संस्थाको रुपमा विकास गर्न पहल गर्ने योजना राखेका छन्।
उनले क्याम्पसको संरचनाको विकास र स्वस्थ क्षेत्रमा समेत परिबर्तन गरि बिद्यार्थीलाई सहज र सुबिधा प्नदान गर्न कुनै कसुर बाँकी नराख्ने अठोट ब्यक्त गरेका छन्। अनलाइन शिक्षा, अनलाइन प्रणालिबाट महशुल भूक्तानि जस्तो मुद्दाहरूलाई दमदारका साथ उठाईरहेका छन् ।
विद्यार्थी राजनीतिलाई रचनात्मक गङ्ठले अगाडि बढाउने र स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनलाई वास्तवमै दलीय स्वार्थबाट मुक्त गर्न कृष्ण हुमागाईं जस्तो स्वतन्त्र छबि भएका व्यक्ति नै असली स्ववियु सभापति(अध्यक्ष ) हुन लाएक व्यक्ति हुन । उनलाई जितको अग्रिम शुभकामना पनि ब्यक्त गर्दछु ।

