कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी पेगी पाण्डे र तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो।
संस्थापक सेयरधनी पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता र तर्कबहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाण्डौको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
