• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

रविको अस्वाभाविक हर्कत : असहिष्णु राजनीति र भ्रामक अभिव्यक्ति


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको अभिप्रायले गठन भएका नयाँ दलका पछिल्ला क्रियाकलापले ती दलको वास्तविक अन्तर्य थप उदांगो हुँदै गएको छ।

    Advertisement

    यसले बेथितिको चाङ हटाएर सुशासनको प्रत्याभूति दिनुको साटो पुरानै दलगत प्रवित्तिलाई नै माथ दिएको छ। ती उजागर भएका गतिविधिको ढाकछोप र बचाउमा दलका नेताहरुको पछिल्ला अभिब्यक्तिले थप विवादित र अशोभनीय हर्कत उजागर भएको छ।

    नेपालको राजनीतिको बेथिति औंल्याएर त्यसको विकल्प दिने भन्दै गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणले उक्त पार्टीको सुशासन र बेथितिमुक्त राजनीतिको हुर्मत लिएको छ।

    वैकल्पिक दलको दावा गर्दै सुशासनको प्रत्याभूति दिलाउने सार्वजनिक घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टीलाई बुझाउने दुई करोडको डिल गरेको अडियो बाहिरिएपछि राजनीतिक बजार तरंगित बनेको छ। यसले रास्वपामात्रै होइन नेपालका समग्र दल र नेताहरुमाथि नै प्रश्न उठेको छ।

    दलहरुको आम्दानीको स्रोत र उनीहरुको जीजनशैलीको अन्तर्य यी र यस्तै अपारदर्शी स्रोतहरुको उपज त होइन ? भन्ने प्रश्नले नागरिकमा थप आशंका बढाएको छ।

    पुराना दलहरुको बाबजुद नयाँ र वैकल्पिक भनिएका दलको सांसदले नै यस्तो संदिग्ध आर्थिक गतिविधिमा संलग्न हुँदा देशको विद्यमान राजनीतिक प्रणाली र दलमाथिको वितृष्णा थप मौलाएको छ ।

    देशको संसदको सदस्यले कार्यपालिकाको सदस्य बन्न पार्टीमा पैसा बझाउनुपर्ने भन्दै गरिएको बार्गेनिङको अडिओले नयाँ पार्टीको विश्वसनीयता र आर्थिक अपारदर्शीतामाथि प्रश्न उठेर समग्र राजनीतिक दल र राज्यप्रणालीमा बिचौलियाको हालिमुहालीले प्रताडित भएको दृष्टान्त यसले उजागर गरेको छ।

    रास्वपाका सांसदको सार्वजनिक अडिओ प्रकरणमा ब्यक्त गरिएको कोर टिमको अझै पहिचान हुन सकेको छैन। उनले पार्टीको कोर टिमलाई रकम बुझाउनुपर्ने भन्दै ब्यवसायी दुर्गा प्रसाईंसँग गरिएको दुई करोड मागले घटनालाई थप रहस्यमय बनाएको छ। अहिले कोर टिमबारे व्यापक चर्चा र अनुमान लगाउने क्रम नेपाली राजनीतिमा चुलिएको छ।

    उनले बताएजस्तै ‘कोर टिम’को उजागर कुनै समयमा हुने नै छ। तर, उनको अभिब्यक्तिले पार्टीभित्रैबाट भ्रष्टाचारलाई संस्थागत मान्यतासहित प्रोत्साहन गरिएको र निश्चित बिचौलियाबाट रास्वपा परिचालित भएको आशय प्रकट भएको छ।

    संसदको सदस्यले कार्यपालिकाको सदस्य बन्न पार्टीमा पैसा बझाउनुपर्ने भन्दै गरिएको बार्गेनिङको अडिओले नयाँ पार्टीको विश्वसनीयता र आर्थिक अपारदर्शीतामाथि प्रश्न उठेर समग्र राजनीतिक दल र राज्यप्रणालीमा बिचौलियाको हालिमुहालीले प्रताडित भएको दृष्टान्त यसले उजागर गरेको छ।

    यसले सभापति लामिछानेमाथि नै शंकाको बिजारोपण गरेको छ। भलै उनको यस प्रकरणमा संलग्नता नहुन सक्छन्। तथापि पार्टीको नेतृत्वदायी तहमा रहेका उनले यसको नैतिक जिम्मेवारी उनले लिनुपर्छ। सरकारी स्तरबाटै अनुसन्धानै क्रममा रहेकाले यसको अन्तर्निहित पाटो र संलग्नताबारे थप उजागर भएर पराकम्पन आउन बाँकी छ।

    किनभने ब्यावसायी दुर्गा प्रसाईंले रास्वपाका थप तीन जना सांसदको अडियो आफूसँग रहेको र समयक्रममा ती अडियो सार्वजनिक गर्ने बताएका छन्।

    विभिन्न क्षेत्रका विज्ञ र जुझारु युवाको टिमले वैकल्पिक राजनीतिको अनुभूत दिलाउने अभिप्रायले गठन गरिएको रास्वपामा चर्चित अनुहार सभापति लामिछाने नै हुन्। उक्त पार्टीमा लामिछानेका अलावा अन्य क्षमतावान युवा हुँदा पनि सर्वत्र चर्चामा उनै लामिछाने रहेका छन्।

    तर उनको अपारदर्शीताका फेहरिस्त विगतदेखि बाहिरिँदै आएकै थिए। उनको ब्यक्तिगत र सार्वजनिक जीवन विवदास्पद रहेको छ। सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा हुँदै उनका कतिपय पारिवारिक विषयसमेत सार्वजनिक भइसकेका हुन्।

    यद्यपि पुडासैनी आत्महत्या प्रकरण अदालतले निरुपण गरिसकेको छ। तथापि उनका अन्य सार्वजनिक भएका विषयहरु भने उनी सार्वजनिक पदधारण गरेकाले ती प्रश्न उठ्नु अन्यथा होइन।

    विकृत राजनीतिलाई सफा गर्ने अभिप्रयायले नयाँ दल गठन गरेर राजनीतिमा आएको बताउँदै आएका रास्वपाका सभापति रवि लाछिानेले पछिल्लो अडियो प्रकरणमा आउँदा अस्वभाविक टिप्पणी गर्दै आएका छन्।

    केही दिनयता उनका अभिब्यक्ति र टिप्पणी अशोभनीय मात्रै होइन अराजक र भ्रामक देखिएको छ।

    उनले गएको आइतबार उपनिर्वाचनको चुनावी प्रचारको क्रममा बारा-२ को उपनिर्वाचनको चुनावी सभामा अडिओ प्रकरणमा मुछिएको पुष्टि भएमा गढीमाईमा बलि दिनु भन्दै मानव बलिलाई प्रश्रय दिने आशयको अभिव्यक्तिले विवादित बन्न पुगे। देशकै चौथो पार्र्टीको सभापति रहेका उनको मानव बलिलाई दुरुत्साहन गर्ने अभिव्यक्ति चौतर्फी निन्दाको विषय बनेको थियो।

    यस्तै चितवन-२ को उम्मेदवार रहेका उनले चुनावी प्रचारकै क्रममा अमेरिकामा एक लाख मासिक डलर कमाउँदै आएकोमा सो सेवा सुविधा परित्याग गर्दै नेपालमा फर्किएको समेत बताएका थिए।

    जबकि अमेरिकामा सामान्य स्तरका नेपालीले त्यो स्तरको आर्थिक उपार्जन गर्न नसक्ने भन्दै अमेरिका बसोबास गरिरहेका कतिपय नेपाली समुदायले उनको अभिब्यक्ति अफवाह भएको बताइरहेका छन्।

    नेपाली जनतालाई भावनात्मक भड्कावमार्फत मत रिझाउने मनोकांक्षाले उनको उक्त अभिव्यक्ति भएको उनीहरुको आरोप छ।

    उनका यी र यस्ता अभिव्यक्तिहरु चौतर्फी निसानामा पर्दै आएका छन्। तर, यी विषयमा आत्माआलोचित हुने भन्दा झनै बढावा दिने उन्माद उनमा जागेको छ। बुधबार सार्वजनिक भएको चितवनको एक भिडियोमा उनले मतदाताप्रति गरेको अस्वाभाविक क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल भएको छ।

    अनविज्ञता जनाउँदै मतदाताले राखेको जिज्ञासाप्रति जवाफदेही बन्नुको साटो असहष्णिु तवरले खनिएका छन्। अघिल्लो निर्वाचनमा आशा गरेर जिताइएकोमा मतदाताको अपेक्षामाथि कुठाराघात भएको आशयको मतदाताको अभिब्यक्तिलाई उनले अस्भाविक रुपमा प्रस्तुत हुँदै अनावश्यक प्रतिशोधपूर्ण ब्यवहार देखाएका छन्। यो उनका लागि शोभनीय क्रियाकलाप किर्माथ होइन।

    उनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा फैलिएको छ। यसले उनमा सहनशीलताको अभाव रहेको दर्शाएको छ। नेपाली नागरिकता अवैध ठहर गर्दै गएको माघ १३ गते सर्वोच्च अदालतले उनको सांसद र मन्त्री पद खारेज गरिदिएको थियो।

    सोही विषयमा एक सामान्य किराना पसल गरेका मतदाताले राखेको जिज्ञासामा उनले देखाएको व्यवहारले आफ्नो विरुद्ध सिर्जना भएको प्रश्नको जवाफ दिँदा प्रकट गरेको उग्रता र असहष्णिुताको पराकाष्टा दर्शाएको छ।

    जनप्रतिनिधि भएपछि जनताको प्रश्नको जवाफ दिने हिम्मत राख्नुपर्छ। अझै चितवन-२ मा उपनिर्वाचन हुनु लामिछानेकै कमजारीको उपज हो। अमेरिकाको नागरिकताधारी लामिछानेले नेपालमा आएपछि नेपाली नागरिकताको पुनःप्राप्ति नगरेरै गरेको खेलाँचीको उपज फेरि उपनिर्वाचनको बाध्यता आइलागेको हो।

    यो विषयमा सामान्य जानकार भएका मतदाताले प्रश्न गर्दा उनले आत्मआलोचित हुँदै आफूबाट भएको कमजोरीले उपनिर्वाचन गर्दा राज्यको आर्थिक ब्ययभार बढेकोमा प्रायश्चित गर्नुको साटो वैकल्पिक राजनीतिका हिमायति बताउँदै आएका उनले मतदातालाई अस्वभाविक हर्कत गर्नु वाञ्छनीय होइन।

    बुधबार ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्ने निर्णयपछि रास्वपाले केन्द्रीय समितको केन्द्रीय कार्यालय बसुन्धारामा आयोजित पत्रकार सम्मलेनमा समेत उनले चुनावी प्रचारका क्रममा गरिएका कतिपय अभिव्यक्तिप्रति आफ्नो कमजोरी स्वीकार गरेका छन्।

    उनले यस अघि सरकारबाट बाहिँरिदै गर्दा नेपालका मिडियामाथि लगाइएको आरोपबारे कुनै प्रतिक्रिया दिन सकेनन्। उनले त्यतिबेलाको अभिब्यक्ति हालको सन्दर्भ अनुरुप असान्दर्भिक हुने आशयको अभिब्यक्ति दिएका छन्।

    सोही पत्रकार सम्मेलनमा कतिपय पत्रकारको प्रश्नको सामना गर्न असमर्थ बनेका उनले विषयान्तर गर्दै प्रश्नकर्ता पत्रकारमाथि खनिएका थिए।

    यस्तै गढीमाईमा बलि दिन तयार छु भन्दै मानव बलिलाई प्रश्रय दिने अभिप्रायको अभिब्यक्तिबोर भने मानवीय त्रुटि भएको स्वीकार गरेका छन्। उनले भावावेशमा आएको बताउँदै त्यसबाट पर्न गएको भ्रमप्रति सचेत रहेको बताएका थिए।

    यस्तै रास्वपाले बर्खास्त गरिएका सांसद ढाकाकुमार श्रेष्ठले बार्गेनिङ गरेको अडिओ टेपमा व्यक्त गरेको कोर टिमको बारेमा पछि खुलासा गर्ने बताएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

    उनले आफूलाई अफ्ठ्यारो पारिएमा कोर टिमको खुलासा गर्ने आशय श्रेष्ठले ब्यक्त गरेको बताउँदै लामिछानेले समयक्रममा जो सुकैलाई उनले आरोप लगाउन सक्ने भन्दै आफूमाथि भविष्यमा लाग्न सक्ने सम्भावित आक्षेपको उजागर गरेका थिए।

    ‘हाम्रो पार्टीको विधानमा भ्रष्टाचारमा शून्य सहनशीलता हो। पैसा माग्नु नै त्यसको विपरीत हो। मन्त्री बन्न नै अमूक मान्छेसँग पैसाको बार्गेनिङ गर्नु नै कारबाहीका लागि यथेष्ट प्रमाण हो। उनले कोर टिमबारे भनेका थिए, ‘म डुबेपछि उहाँ (ढाकाकुमार) ले कोर टिमको खुलासा गर्छु भनेर भन्नु भएको छ।’

    लामिछानेको उक्त अभिव्यक्ति नै भविष्यमा आफूमाथि आउनसक्ने सम्भावित आरोपको बचाउमा पूर्वजानकारी गराइएको रुपमा समेत आँकलन गरिएको छ।

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.