आईपीएलको उपाधिको खेल हारेपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले विजेता चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको तारिफ गरेका छन् । खेलपछिको सेरेमनीमा हार्दिक पाण्ड्याले आफुले हार्नु परे धोनीसँग हार्न चाहेको बताए ।
सोमबार भएको खेलमा हार्दिक पाण्ड्याको टोलीले पहिले ब्याटिङ गर्दै २ सय १५ रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो । चेन्नईलाई अन्तिम दुई बलमा १० रन चाहिएको थियो र रविन्द्र जडेजाले छक्का र एक चौका प्रहार गर्दै खेल चेन्नई सुपर किंग्सको खातामा पारेका थिए ।
यसपछि जब हार्दिक पाण्ड्यालाई प्रश्न सोधियो, उनले भने कि आफुलाई आफ्नो टीममा गर्व छ तर आज भाग्य धोनीको साथमा थियो।
पाण्ड्याले भने, “म उहाँ (एमएस धोनी) को लागि धेरै खुसी छु। यो मेरो भाग्यमा लेखिएको थियो। यदि मैले हार्नु पर्यो भने म उहाँसँग हार्न चाहन्छु। राम्रो चीजहरू राम्रा मानिसहरूबाट हुन्छन् र उहाँ मानिसहरूमा सबैभन्दा राम्रो हुनुहुन्छ। असल मानिस मध्ये एक। भगवान उहाँको साथमा हुनुहुन्थ्यो, भगवान मेरो पनि साथमा हुनुहुन्थ्यो तर आजको रात उहाँको रात थियो।”
पाण्ड्याले गुजरात टाइटन्सका लागि उत्कृष्ट ब्याटिङ गर्ने साई सुदर्शनको पनि प्रशंसा गरे। सुदर्शनले ४७ बलमा ९६ रन बनाए ।
