• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ। यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ…, बचाउ… ।’

    Advertisement

    उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन्। बग्दै गरेको मान्छेले डोरी समातेपछि तानेर उसलाई डुब्नबाट बचाएर सकुसल उद्धार गरिन्छ।

    यो घटना नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा बुधबार आपतकालिन उद्धारका लागि गरिएको नमुना अभ्यासको दृश्य हो।

    सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोरसहित सुरक्षाकर्मीले समुदायका बासिन्दालाई नदीमा बगेको तथा डुबेको अवस्थामा उद्धार गर्ने तरिकाबारे सिकाइरहेका थिए।

    बन्द कोठामा सैद्धान्तिक प्रशिक्षण दिएपछि सुरक्षाकर्मीले स्थानीयवासीलाई नदीमै लगेर प्रकोपका बेलामा गर्न पर्ने आपतकालीन अभ्यासबारे प्रशिक्षण दिएको थियो।

    गैँडाकोट नगरपालिका-२ र ३ स्थित नदी किनारका बासिन्दालाई प्रकोपका बेलामा उक्त प्रशिक्षण दिइएको हो। विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएको संस्था कारितास नेपालको आयोजना तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिइएको हो।

    कालीगण्डकी र नारायणी नदीले तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि ठूलो क्षति पुर्‍याउने भएकाले नदीबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रशिक्षण दिइएको कारितास नेपालका प्रादेशिक व्यवस्थापक शंकरकुमार पौडेलले बताए।

    भौतिक संरचना भत्किँदा अपनाउनुपर्ने सावधानीका साथै गर्नुपर्ने खोज तथा उद्धार, नदीमा अपनाउनुपर्ने सावधानी, पीडितलाई गर्नुपर्ने उद्धारकालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको उनको भनाइ थियो।

    सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्दा प्रभावकारी हुने भएकाले सहभागीलाई नारायणी नदीमा लगेर अभ्यास गराइएको व्यवस्थापक पौडेलले बताए। “पढेको कुरा चाँडै विर्सन सकिन्छ तर पढ्दै अभ्यास गरेको कुरा दीर्घकालीन हुन्छ” उनले भने,“आवश्यक पर्दा अभ्यास गरेका सबै कुरा सम्झिन सकिने भएकाले उनीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान गरिएको हो।”

    कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयका सशस्त्र प्रहरी निरीक्षक, अस्मित चोहान मगरले तालिममा विपद्का बेलामा सुरक्षितरुपमा प्रतिकार्य गर्न चाहिने आधारभूत ज्ञान तथा व्यावहारिक सीपका बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए।

    घाइते तथा पीडितका लागि उद्धार सामग्री स्थानीय स्रोत र साधन प्रयोग गरेर पनि निर्माण गर्न सकिनेबारे त्यस अबसरमा जानकारी दिइएको थियो।

    संरचना भत्किँदा हुने क्षतिका बेलामा र नदीजन्य प्रकोपका बेलामा गरिने उद्धारका लागि गरिने प्रयासबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको उनको भनाइ थियो ।

    सशस्त्र प्रहरी निरीक्षक मगरले विपद्बाट जोगिन सबै ठाउँमा पर्याप्त सामग्री नहुने भएकाले सुधाररिएको साधन प्रयोग गर्न सकिने सुझाब दिए। घाइते तथा पीडितको उद्धारका लागि स्थानीयस्तरमै पाइने बाँसको लौरीका साथै तन्ना, पर्दा तथा टिसर्टबाट स्टेचर बनाउन सिकाइएको थियो।

    त्यसैगरी पानीमा डुबेका व्यक्तिको उद्धारका लागि प्लाष्टिकका बोतल, जर्किन, ड्रमलगायत सामग्रीमा हावा नपस्ने गरी बिर्को लगाएर नदीमा उत्रिने साधन निर्माण गर्न सकिनेमा पनि जानकारी गराइएको थियो।

    गैँडाकोट-३ का वडाध्यक्ष शिवकान्त तिवारीले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्रयोग गरेर विपद्मा सक्रिय भएर उद्धारमा खटिन सहभागीलाई आग्रह गरे।

    सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनामार्फत कारितास नेपालले वडास्तरमा विपद् प्रतिकार्य योजना निर्माण गर्नाका साथै स्थानीय सरकारले बनाएको संरचनालाई क्रियाशील बनाइ विपद् पीडितलाई सघाउ पुर्‍याउँदै आएको उनले बताए।

    सहरी तथा सहरोन्मुख विपद् उत्थानशील परियोजनाका संयोजक दुर्गाबहादुर लामाले यस परियोजनामार्फत तीन सय किसान, ३० पशुपालक, ३० जना लघुउद्यम व्यवसायी लाभन्वित भएका बताए।

    उक्त परियोजनाले दुवै वडाका गरी सात विद्यालयलाई स्वच्छता र सरसफाइ सामग्री हस्तान्तरण, प्रहरी कार्यालय एवं वडास्तरीय विपद् व्यवस्थापन समितिलाई उद्धार सामग्री हस्तान्तरण गर्नाका साथै नगरपालिकाको विपद् कोषमा रु दुई लाख सहयोग गरेको उनले जानकारी दिए।

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.