आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारेमा पहिला ब्याटिङ वेष्ट इण्डिजले पाचौँ ओभरमा दुई विकेट गुमाएको छ ।
वेष्ट इण्डिजका विस्फोटक ब्याटर जोनसोन चार्ल्स शून्य रनमा आउट भएका छन् । ६ बल खेलेका उनी गुल्शन झाको पहिलो बलमै आउट भए । उनी विकेट किपर आसिफ शेखको हातबाट क्याच भए । उनले अमेरिकाविरुद्धको पहिलो खेलमा अर्धसतक प्रहार गरेका थिए ।
पहिलो विकेटको रुपमा दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजका काइल मेयर्स आउट भए । उनी करण केसीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका हुन् । उनले ४ बल खेलेर १ रन बनाए ।
