नारायणगढ जेसीजको दोस्रो साधारण सभा सम्पन्न
नारायणगढ जेसीज वर्ष २०२३ को दोस्रो साधारण सभा मिति २०८० असार ०९ गते शनिबारका दिन शाखा अध्यक्ष जेसी अमर घिमिरेको अध्यक्षतामा नारायणगढ जेसीजको सचिवालयमा सम्पन्न भएको छ।
सभामा संचालक समिति बैठक, कार्यकारिणी समिति बैठक, बोर्ड अफ ट्रष्टिज एवं दिर्घकालिन परियोजना समिति बैठक, सदस्यता अभिवृद्धि समिति बैठकहरुका माइन्युट बाचन गरी अनुमोदन गरिनुका साथ अन्य महत्वपुर्ण निर्णय गरिएको थियो। साथै प्रथम साधारणसभा देखी सोही समय सम्म जन्मदिन परेको सदस्य तथा पुर्व अध्यक्षहरुको जन्मदिनको सम्झनाको चिनो प्रदान गरियो, यसै गरि उक्त सभामा साधारण सदस्यहरु, संचालक समिति सदस्यहरु एवं सम्भावित सदस्य सहित नारायणगढ जेसीज वर्ष २०१५ का शाखा अध्यक्ष तथा अध्यक्ष सल्लाहकार श्री नमराज फुयाल ,नारायणगढ जेसीज वर्ष २०२१ का शाखा अध्यक्ष तथा सदस्यता अभिवृद्धि समिति प्रमुख सिनेटर वासुदेव दवाडी सहितको गरिमामय उपस्थिति रहेको थियो।
उद्यमशिलता विकास निर्देशक जेसी राजेश ढकालले स्वागत मन्तव्य र सदस्य जेसी रवीन्द्र कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको उक्त सभाको संयोजन उपाध्यक्ष जेसी सालिकराम पौडेलले गर्नु भएको थियो।
