• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

अवरुद्ध संसद खुलाउन कसले पहल गर्ने ?


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी एमालेको संसद अवरोध कायमै छ।

    Advertisement

    प्रधानमन्त्रीले व्यवसायी सरदार प्रितम सिंहको पुस्तक विमोचनमा कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले पटक पटक भारत धाएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा माग गर्दै सदन चल्न नदिने घोषणा गरेको हो।

    प्रधानमन्त्री दाहालले उक्त अभिव्यक्ति आफ्नो नभएको प्रष्ट्याउँदै सरदार सिंहको आफूप्रतिको सदाशयतापूर्ण अभिव्यक्तिलाई आफूले प्रकट गरेको बताएका छन्। उनले प्रतिपक्षी एमालेबाट उक्त अहभिव्यक्तिलाई लिएर अतिरञ्जित गरिएको दाबी गरेका छन्।

    गत सोमबार प्रधानमन्त्रीबाट व्यक्त उक्त अभिव्यक्ति यता एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि शुक्रबार सूचना टाँस गरेर नै संसद बैठक स्थगित गरिएको थियो।

    संसदको बर्खे अधिवेशन चलिरहेको बेला प्रतिपक्षी दलको अवरोधले सदन चल्न सकेको छैन। सभामुख देवराज घिमिरेले सदन सुचारु गर्न निरन्तर पहल गरिरहेका छन्।

    उनले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सदन खुलाउने बारे छलफल पनि गरिरहेका छन्। तथापि सदन सुचारु हुने अलिेसम्म कुनै संकेत देखिएको छैन।

    रास्वपाका सांसद डिपी अर्यालले आफूहरुले संसद अवरोध नगरेको जिकिर गर्दछन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति बारे सदनमा जवाफ दिने अडानमा रास्वपा रहेको बताए। प्रधानमन्त्रीको राजीनामाको माग आफूहरुको नभएको उनको भनाइ छ।

    उनले भने, ‘हामी संसद चल्नुपर्छ भन्ने पक्षमा छौं। हामी विषयवूतुमा कुरा गर्न चाहान्छौं। प्रधानमन्त्रीले रोष्ट्रममा आएका स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो माग हो।’

    सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन सुचारु गर्ने बारे पहल भइरहेको बताए। उनले आज सदन सुचारु गर्नेबारे शीर्ष तहका नेताहरुले छलफल गर्न लागेको जानकारी दिए।

    उनले भने, ‘सदन खुलाउने बारे छलफल भइरहेको छ। आजै प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बसेर सहमति खोज्ने प्रयत्न गरिरहेका छौं।’

    एमालेका सचेतक महेश वर्तौलाले आफूहरुको संसद अवरोध जारी रहने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य रहेको बताउँदै राजीनामाको बटमलाइनबाट पछि नहट्ने जनाए।

    उनले भने, ‘प्रधानमन्त्रीले राष्ट्रहित विपरित अभिव्यक्ति दनु भएको छ। यो स्वाभीमानी नेपालकिा लागि सैह्य हुँदैन। हाम्रो अडान कायमै छ।’
    उनले प्रधानमन्त्रीको अभिव्यक्ति देशभक्त नेपालीका लागि सह्य नभएको जिकिर गरे। प्रधानमन्त्रीको राजीनामाको अडानमा एमाले यथावत रहेको सचेतक वर्तौलाले जनाए।

    यस्तै सत्तारुढ नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले संसदमा प्रधानमन्त्री जवाफ दिन तयार रहेको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षीले प्रश्न उठाएपछि त्यसको जवाफ सदनमा दिने प्रष्ट्याए।

    उनले सदन खुलाउने बारे प्रधानमन्त्रीले सबै दलसँग परामर्श गरिरहेको जानकारी दिए।

    उनले भने, ‘संसदको अवरोध हटाउन छलफल चलिरहेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रश्न उठेपछि त्यसको जवाफ दिनु उहाँको दायित्व हो। तर प्रतिपक्षीले सदन अवरुद्ध गरेर असहिष्णुता प्रदर्शन गरिरहेको छ।’

    उनले प्रतिपक्षी एमालेको संसद अवरोध गैरसंसदीय चरित्र भएको आरोप लगाए। सदन खुलाउने बारे प्रधानमन्त्रीले सभामुखमार्फत पहल गरिरहेको जनाउँदै कुनै हालतमा राजीनामा नदिने जिकिर गरे।

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.