अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दुई दिने कार्यक्रम “रक्तदाता उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम आठ बिद्यालयहरुमा सम्पन्न भएको छ।
अर्किड कलेज,नारायणी पब्लिक ईंग्लिश बोर्डिङ स्कूल,सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणी नमूना मा.वि, मोडल कलेज , अरोमा कलेज , एस ओ एस कलेज , वाल्मीकि शिक्षा सदन मा कार्यक्रम गरिएको थियो । साथै यस कार्यक्रम ब्लड डाेनर्स सोसाइटी नेपाल, सरल नेपाल,डाइनामिक मिडियाको संयुक्त सहकार्यमा सन्चालन भएको थियो ।
एवम् कार्यक्रम सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङद्वारा प्रायोजन गरिएको थियो। यस कार्यक्रमको प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी बाट प्रशिक्षक बिनिता गौतम र बिस्वनाथ सापकोटा रहनु भएको थियो ।
कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका सस्थापक अध्यक्ष अर्जुन अधिकारी , केन्द्रिय उपाध्यक्ष सन्तोस शाह , केन्द्रिय महासचिव अन्जन दवाडी साथै सदस्यहरु प्रवल केसि , दिपक घिमिरे , एवम सरल नेपालका अध्यक्ष मनिष पौडेल , भ न पा रोजगार सम्योजक सन्देश वाग्ले समेतको उपस्थिति रहेको थियो ।
