निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरुको नयाँ मतभार तोकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बसेको आयोगको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो । यसअघि एक जना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।
आयोगले विसं २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको नयाँ मतभार कायम भएको जनाएको छ ।
यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको छ । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ । गोरखापत्र अनलाइनबाट

