भरतपुर–ब्लड डोनर्स सोसाइटी नेपालले मेची महाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान २०८० पौष ७ गतेबाट शुभारम्भ गरेको छ । यो अभियानको मेचीनगर मेची पुल देवकोटा पार्कबाट रक्तदान कार्यक्रम सहित यो शुभारम्भ गरिएको थियो ।
यो अभियानले आज पाँचौ दिनको यात्रा तय गरिसकेको छ । आज पाँचौ दिन जनकपुरमा वृहत रक्तदान कार्यक्रम गरी यो अभियान निरन्तर अघि बढिरहेको छ । यो अभियान मेची देखि महाकालीसम्म निरन्तर अगाडि बढ्ने कुरा ब्लड डोनर्स सोसाईटी नेपालले जनाएको छ ।
अभियनको मुख्य उद्देश्य रक्तदाताहरुमा रक्तदान गर्नुपर्छ भन्ने उत्प्रेरणा जगाउन र रगतको अभाव सिर्जना हुन नदिन, रगत अभावकै कारण मानिसहरुले अकालमा ज्यान गुमाउन नपरोस भन्ने महान अभिलासाकासाथ यो अभियानको शुरुवा गरिएको पनि ब्लड डोनर्स सोसाईटीले जनाएको छ ।
विशेष गरेर आम मानिसहरुमा रगतदान गर्नुको फाईदाका विषयमा ज्ञान प्रदान हुन नसक्दा पनि मानिसहरुमा रक्तदान गर्नु पर्छ भन्ने उत्प्रेरणा नभएको हुँदा पनि रगतको अभाव र समस्या सिर्जना भएको हुँदा यस्तो अज्ञानतालाई चिर्नको लागि पनि यो अभियान ल्याइएको ब्लड डोनर्स सासाईटीले बताएको छ ।
कुन उमेरबाट रक्तदान गर्न सकिन्छ ? कति तौल भएकाहरुले रगत दान गर्न सक्छन् ? रगत दान गर्दा कस्ता फाइदाहरु हुनसक्छ? कस्ता व्यक्तिहरुले रक्तदान गर्न हुँदैन ? आदि यावत जानकारी नहुँदा पनि सबैले रक्तदान गर्न नसकेको अहिले समस्याको विषय भएको हुँदा यस्ता समस्या र बुझाईलाई परिवर्तन गरी मानिसहरुमा रक्तदान सम्बन्धी उत्प्रेरणा जगाउने र नेपालमा देखिएको रगत अभावलाई निर्मूल पार्न अहिले ब्लड डोनर्स सोसाईटीले यो अभियानको थालनी गरेको छ ।
अहिले यो अभियानले निरन्तरता दिइरहेको छ । आजको दिनसम्म आईपुग्दा अभियान निकै उत्साहपूर्ण तरिकाले अगाडी बढेको ब्लड डोनर्स सोसाईटीले जनाएको छ ।
