• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसक्योः मन्त्री साउद


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ । सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुभएको बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताउनु भयो ।

    Advertisement

    मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने बताउनु भयो । उहाँले प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबिच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको जानकारी दिनुभयो । उहाँले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताउनु भयो ।

    ‘‘हाम्रो प्रधानमन्त्रीज्यू भारत भ्रमणको बेलामा स्पष्ट रुपमा भारतीय प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, हामी नेपाल–भारतको बिचमा सीमानाका केही समस्या छन् भनेपनि हामी यसलाई बसेर समाधान गर्दछौँ, भन्नुभएको छ । सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ ।,’’ मन्त्री साउदले भन्नुभयो, ‘‘त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कूटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बिचमा सुरु भइसकेको छ । भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले दुवै देशको बिचमा वार्ता, छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गरिसकेका छौँ ।’’

    मन्त्री साउदले अहिले आर्थिक चुनौति भोगिरहनु परेको बताउनु भयो । उहाँले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिवद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘अब कुरा रह्यो आर्थिक चुनौतिको । हामीसँग तीन चार वटा कुरा छन् । जसमा नेपाल भाइब्रेण्ट छ । पहिलो कुरा हामीसँग भएको हाइड्रो इनर्जी । भारत, दुनियाँका जुनसुकै देशले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता के कुराका लागि गरेका छन् भने अब उनीहरुले जैविक इन्धनलाई लामो समयसम्म प्रयोग गर्न सक्दैनन् । उनीहरुको सबैको प्रतिवद्धता पानीबाट चल्ने, हावाबाट चल्ने वा सोलार इनर्जी । जो क्लिन इनर्जी छ, त्यसको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता बढेको छ । नेपाल त्यसको सबैभन्दा ठूलो स्रोतको रुपमा छ ।’’

    मन्त्री साउदले नेपालले एक लाख मेगावाटसम्मको विद्युत उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.