• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • १०. सुनचाँदीको मूल्य बढ्यो

अफवाह फैलाउनेलाई कारबाही गर्न आग्रह


  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
  • नेपालको बैङ्किङ क्षेत्रबारे पछिल्लो समय आधारहीन अफवाह फैलन थालेको भन्दै सो क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आपत्ति जनाएका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले आइतबार संयुक्त वक्तव्य जारी गर्दै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।

    Advertisement

    सामाजिक सञ्जालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरूमा विश्वास नगर्न आग्रह गरेका छन् । वक्तव्यमा सम्बन्धित सरोकारवाला निकायले सम्प्रेषण गरेको सूचना र समाचारलाई मात्र आधिकारिक रूपमा लिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । वक्तव्यमा भनिएको छ, “पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।”

    अन्तर्राष्ट्रिय बैङ्किङ सिद्धान्तलाई आत्मसात् गर्दै नेपाल राष्ट्र बैङ्कले तोकेको नीतिगत व्यवस्थाको पालना गर्दै, नेपालको बैङ्किङ क्षेत्र उदाहरणका रूपमा स्थापित भएको जिकिर संयुक्त वक्तव्यमा गरिएको छ । “नेपाल राष्ट्र बैङ्कको सूक्ष्म निगरानी र सोको नीति र नियमहरूको अधिनमा रहेर बैङ्किङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ,” वक्तव्यमा भनिएको छ, “नेपालका बैङ्क, वित्तीय तथा लघुवित्त संस्थामा जोखिम वहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको बेहोरा स्पष्ट पार्दछौँ ।”

    हाल बैङ्क तथा वित्तीय संस्थामा पाँच करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरू र १८ लाखभन्दा धेरै कर्जा खाता सञ्चालनमा छन् । देशका ५४ वटा बैङ्क तथा वित्तीय संस्थाहरूले मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धेरै निक्षेप सङ्कलन तथा लगभग कुल गार्हस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैङ्किङ सेवाहरू आफ्ना छ हजार ४४१ शाखामार्फत देशभर प्रदान गर्दै आइरहेको जनाइएको छ । आर्थिक वर्ष २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाले नेपाल सरकारलाई ३१ अर्ब रुपियाँभन्दा धेरै राजस्व बुझाएका छन् ।

    निक्षेपकर्ताको रकम पूर्ण रूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपियाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएकाले बचत सुरक्षित रहेको औँल्याइएको छ । बैङ्किङ क्षेत्रप्रति सद्भाव, सहयोग र विश्वास प्रदान गर्ने समस्त ग्राहकवर्ग तथा आमजनमानसमा सही सूचना र तथ्य पु¥याउन सहयोग गर्ने सञ्चार माध्यमलगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आभार प्रकट गर्दै हाम्रा सेवासुविधालाई अझै बढी सुदृढ बनाउन हामी प्रतिबद्ध रहेको बेहोरा यहाँहरू समक्ष अनुरोध गर्दछौँ ।

    मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.