बतासको भाषा पढेको छु
पानीको रङ पढेको छु
आगोको राप पढेको छु
हेडलाईट बिनाको
ट्रकको स्पिड पढेको छु
;
गोडा बाधिएका रुखका यात्रा पढेको छु
यात्रा सुरु अगाबै रिजर्भ लागेको
मोटरसाईकलको तक्दिर पढेको छु
;
दुई सय छ: कङ्काल हाड पढेको छु
सहारा दिने शहरमा पुगेर
बेसहारा सडकको पाठ पढेको छु
;
आदिबासी,जनजाती चेहरा पढेको छु
प्रेमका मनताज एक फेरा पढेको छु
भित्ता बारले बन्द कोठी पढेको छु
भोकाउदा बगलको चाद:रोटि पढेको छु
;
ईतिहास नलेखिएको ईतिहास पढेको छु
खेतको बहिखाता भित्र पसेर
फाली लागेको आली पढेको छु
लोक,ठाडी,पप,रक,मेलोडी पढेको छु
;
उदाङ्गो परेको बस्ति पढेको छु
नाङ्गो नाच नाचिरहेको सिङ्हदरबार पढेको छु
गुडेपछी गुड्यो गुड्यो अन्तिम ट्रेन पढेको छु
अन्तिम सिढि चढ्न अघि खसेको भर्याङ पढेको छु
धाजा फाटेको मान्छेको मस्तिष्क पढेको छु
सपनामै मेटिएका सपनाको बिट पढेको छु
;
दुर्गम राजधानी तिर पुगेर सुगम गाउँको कथा पढेको छु
गुलमोहर चोकमा मैले हरेक साझ गजल पढेको छु
;
प्रहरी पढेको छु
डाक्टर पढेको छु
हाकिम पढेको छु
प्राज्ञ पढेको छु
;
चौतारो पढेको छु
धारो पढेको छु
;
साझ चिया पिउदा साथमै
बिहान
एक्लै होटलमा छाडी गएका
साथी पढेको छु
साथी
मैले ती दुखी साथ नि पढेको छु
;
गौथलीलाई हानेको ढुङ्गो
जो बाजको कलेजोमै
छेडा हान्यो
त्यस ढुङ्गाको
मृत्युको:आयतन पढेको छु
मैले कालको मन पढेको छु
;
हुलिया हराएको हुलिया पढेको छु
फरियामा अल्झी रहेको लकिरा पढेको छु
अलमलिएका ज्योतिषका हस्त रेखा पढेको छु
सन्नाटाहरुले पिरोलिरहेका आँखा पढेको छु
;
खचाखच सडक पेटिमाथीबाट
रिङ रोडमा गुड्ने
धमिराले खाएका
प्रत्येक मोटर भित्रका
प्रत्येक पात्र पढेको छु
जादा कोहि केही लगेर जादैन
गोजी नभएको कात्रो पढेको छु
;
यहाका मान्छे यस्तै हुन
यहाँ यस्तै हुन्छ ज्ञान पढेको छु
फुलले फुललाई मार्न सक्ने फुल पढेको छु
आर्क ब्रीज मुनिको बस्ती पढेको छु
;
उन्नाईस सय एकासी साल देखि
दुई हजार असी सम्मका
नाङ्गा क्रान्ती पढेको छु
हिटलरका घरमा पुगेर
मैले
तेर्ह आयाम शान्ती पढेको छु
;
पुर्बान्चल
मध्यमाञ्चल
पस्चिमान्चल
मध्य पश्चिम
सुदुर पश्चिम
जम्मै
नेपाल पढेको छु
;
सम्बन्धमा रहेर
सम्बन्ध नभएको
सम्बन्ध पढेको छु
आगोको पिडुला पढेको छु
ओभानो लागेको बाढी पढेको छु
;
स्पर्शले छोएको
प्रेमको कबिताको पङ्क्ती पढेको छु
बगिरहेको किनार र नदि पढेको छु
नाडी पढेको छु
नाडिमाथी रोकिएको समय:घडी पढेको छु
;
अझ भनौ
तिमीले बाच्दै आईरहेको
पुरै बर्तमान समाज पढेको छु
;
मेरो साथी
क्लास त मैले एक पढेको छैन
बरु भन
तिमीले कति क्लास पढेका छौ नि?
;
ई. सन्तोश अधिकारी
बर्दिया
