अनलाइन खाना डेलिभरी सेवा मेरो किनमेलले माघ १ गतेदेखि इटहरीमा खाना र पेय पदार्थको डेलिभरी सेवा थप विस्तार गरेको छ। कम्पनीले आफ्नो सेवा क्षेत्रलाई व्यापक बनाउँदै अब प्रमुख सहरहरुमा पनि गुणस्तरीय डेलिभरी सेवा प्रदान गर्न लागेको जानकारी दिएको छ।
ग्राहकहरुले अब मेरो किनमेलको मोबाइल एप वा वेबसाइट merokinmel.com मार्फत सजिलै खाना र पेय पदार्थ अर्डर गर्न सक्नेछन्। स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारहरुसम्मको विविध खाना तथा पेय पदार्थहरू उपलब्ध गराउने मेरो किनमेलले रियल टाइम ट्र्याकिङ प्रणालीमार्फत अर्डर र डेलिभरीको स्थिति सजिलै ट्र्याक गर्न सकिने सुविधा उपलब्ध गराएको छ।
कम्पनीका प्रवक्ताले भने, “मेरो किनमेलले छिटो, भरपर्दो र किफायती खाना तथा पेय पदार्थ डेलिभरी सेवा प्रदान गर्न अग्रसर छ। हामी ग्राहकहरुको सुविधाका लागि अनलाइन भुक्तानी प्रणाली, डिजिटल वालेट तथा नगद भुक्तानीका विकल्पहरु उपलब्ध गराउँदै छौं।”
हाल मेरो किनमेलले विराटनगर, चितवन, बुटवल, हेटौंडा, वीरगञ्ज, भैरहवा लगायतका प्रमुख सहरहरुमा सेवा सञ्चालन गरिरहेको छ। ग्राहकहरुले यी सहरका रेस्टुरेन्ट, बेकरी तथा ग्रोसरी स्टोरहरुसँग साझेदारी गरी छिटो र भरपर्दो सेवा लिन सक्नेछन्।
कम्पनीले निकट भविष्यमा ग्रोसरी डेलिभरी, विभिन्न छुट अफर, कुपन तथा अन्य सुविधाहरु थप्दै सेवा क्षेत्रलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना बनाएको छ।
माघ १ गतेबाट सुरु हुने नयाँ सेवा मार्फत, मेरो किनमेलले नेपाली ग्राहकहरुलाई थप आधुनिक र भरपर्दो सेवा दिन प्रतिबद्ध रहेको बताएको छ।
