चितवन — माडी जेसीज वर्ष २०२५ को प्रकरण “समुन्नत समाजका लागी नेतृत्व” को अन्तर्गत विभिन्न व्यवसायीक साझेदारी गरी साझेदारलाई अधिकतम व्यवसायीक लाभ पुर्याउने उद्देश्यले विभिन्न प्रवर्द्धनात्मक गतिविधी संचालन गरिँदै आएको छ। यसै क्रममा विशिष्ट साझेदारको रूपमा गोल्डेन ईमिनेट ईन्टरनेशनल प्रा.लि. संग सम्झौता सम्पन्न भएको छ।
गोल्डेन ईमिनेट ईन्टरनेशनल प्रा.लि.ले आफ्ना विद्यार्थीहरूलाई IELTS परीक्षाको तयारीमा ५०% छुट, कोरियाका विभिन्न कलेजहरूमा ३०% देखि १००% सम्म छात्रवृत्ति, र कोरियन भाषा अध्ययनमा २०% छुट जस्ता विशेष सुविधाहरू प्रदान गर्ने जानकारी दिएको छ। यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र भाषा अध्ययनमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।
माडी जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी प्रकाश रिजालज्युले गोल्डेन ईमिनेट ईन्टरनेशनल संगको साझेदारीमा खुशी व्यक्त गर्दै यसले दुवै संस्थाहरूलाई व्यवसायीक रूपमा फाइदा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो उद्देश्य साझेदारहरूलाई व्यवसायीक रूपमा उचाइमा पुर्याउनु हो। यो साझेदारीले हामी दुवैलाई नयाँ अवसरहरू प्रदान गर्नेछ।”
माडी जेसीजले यस अवसरमा गोल्डेन ईमिनेट ईन्टरनेशनललाई आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग र समन्वयको अपेक्षा गरेको छ। यस साझेदारीबाट विद्यार्थीहरूलाई शैक्षिक र व्यावसायिक अवसरहरू प्रदान गर्ने मार्ग प्रशस्त हुने अपेक्षा छ।
माडी जेसीज वर्ष २०२५ ले अझै धेरै व्यवसायीक साझेदारीहरू गरी समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
