• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि


  •   बुधबार, चैत १३, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।

    Advertisement

    यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौँ पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्याण्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गर्नुभएको थियो ।

    यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरु प्रारम्भ गरेको थियो ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताउनुुभयो । उहाँले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यापारिक सम्बन्धले दुुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

    मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङ्डम अफ थाइल्यान्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ ।

    यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डिङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारीपत्र स्वीकृत भएको छ ।

    प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मङ्गलबार उहाँसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

    सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । दुुई मुलुकबीचको संस्कृति र जनता–जनताको सम्पर्क दुुई वर्ष वर्षभन्दा बढी पुरानो मानिन्छ । नेपाल र थाइल्याण्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् । राजा जनक दुई मुलुकको संस्कृतिको एक पुल मानिन्छन् ।

    नेपाल र थाइल्याण्डले संस्कृति, पर्यटन, व्यापार, लगानी, कृषि, मानव संसाधन विकासलगायत साझा हितका विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको सहयोगका साथ बहुआयामिक सम्बन्धका क्षेत्रमा काम गर्दै आएका छन् ।

    उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सही दिशामा आकार दिन र मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दुई देशबीच फराकिलो र गहिरो सहयोगका लागि प्रचुर सम्भावना छन् ।

    क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि बिमस्टेक प्रक्रियालाई बढावा दिने नेपालको प्रतिबद्धता व्यक्त हुँदै आएको सन्दर्भमा बिमस्टेकको सफलता यस क्षेत्र र बाहिरका सबै सदस्य राष्ट्रको हितमा हुने ठानिएको छ । छैटौँ शिखर सम्मेलनको आयोज राष्ट्र हुनुका नाताले बिमस्टेक प्रक्रियालाई सफलतापूर्वक सञ्चालन गर्न थाइल्याण्डको नेतृत्वदायी भूमिका रहनेछ भने बिमस्टेक शिखर सम्मेलनको आयोजक राष्ट्रमा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुनु कूटनीतिक महत्वको विषय रहनेछ ।रासस

    बुधबार, चैत १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.