कामनासेवा विकास बैंक लिमिटेड, ज्योतिनगर शाखाले भरतपुर महानगरपालिका वडा नं. २६ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय, खद्रौली का ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त सहयोग गरेको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री टोप बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम प्र.अ. रमकान्त न्यौपानेले संचालन गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, बैंकका कर्मचारीहरु, अभिभावकहरु तथा २६ नं. वडाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निरन्तर रुपमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको क्रा बैंकका ज्योतिनगर शाखाका प्रवन्धक श्री बिनोद सुबेदी तथा कामना सेवा क्षेत्रीय कार्यलय कर्मचारी श्री प्रविण बर्तोलाले जानकारी दिनुभयो ।
