• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपांगतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    कोसिस नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा अध्ययन–अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन संशोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    मन्त्री सुडीले भने “अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १९ सँग बाझिएका कानुन जसले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा स्वतन्त्रतापूर्वक बस्न पाउने तथा समुदायमा समावेश हुनबाट बन्देज गरेको छ, त्यस्तो विद्यमान कानुनी व्यवस्थालाई मानव अधिकारमैत्री हुनेगरी समयसापेक्ष संशोधन गर्ने र गराउनेतर्फ कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।” अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को धारा १२ को मर्मविपरीत तर्जुमा गरी कार्यान्वयनमा ल्याएका कानुन पनि संशोधन गरी समय सान्दर्भिक बनाउने मन्त्री सुडीको भनाइ छ ।

    उनले भनेका छन्, “कानुनमा अमर्यादित शब्द प्रयोग गरी त्यसलाई योग्यताको आधार बनाएर न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमतालाई अस्वीकार गर्दै उनीहरूलाई आर्थिक, सामाजिक तथा सार्वजनिक जीवनमा सहभागिता जनाउन बन्देज गरेको सम्पूर्ण कानुनी व्यवस्थाहरूलाई खारेज वा संशोधन गरी कानुनी क्षमताको पुनर्बहाली गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र त्यसको इच्छाधिन आलेख २००६ लाई जनवरी २००८ मा हस्ताक्षर गरी सन् २००९ डिसेम्बर २७ तारिखका दिन तत्कालीन व्यवस्थापिका संसद्मार्फत अनुमोदन गरिएको थियो ।

    सरकारले यस महासन्धिलाई घरेलुकरण गर्दै नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा ल्याएको छ । तर अपाङ्गता भएका व्यक्तिको ऐन र नियमावलीमा न्यून प्रतिनिधित्वमा रहेको अपाङ्गता भएका भएका व्यक्तिको अटिजम, बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता र श्रवणदृष्टिविहीन अपाङ्गताको सवाल छुटेको गुनासाहरू आएको मन्त्री सुडीले जानकारी दिए।

    कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल र राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमा नेपालका सातै प्रदेशका अपाङ्गता भएका व्यक्तिबाट आएका सुझावलाई संकलन गरी तीन तहले संशोधन प्रस्ताव तयार गरी मन्त्रीसमक्ष हस्तान्तरण पनि गरेको थियो ।

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.