माडी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाटलाई 2025 JCI Asia Pacific Conference मा “Star Local President Recognitions” अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ।
एशिया-प्रशान्त क्षेत्रका विभिन्न देशका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त सम्मेलनमा नेपालभरिका १६ जना स्थानीय अध्यक्षहरू सम्मानित सूचीमा परेका थिए, जसमा माडीका रानाभाट पनि एक हुनुहुन्थ्यो।
उक्त अवार्ड नेतृत्व क्षमता, कार्यक्रम कार्यान्वयनको प्रभावकारिता, सामाजिक परिवर्तनमा योगदान तथा जेसीजका चार मूल क्षेत्र—व्यक्तिगत सशक्तिकरण, समुदाय सेवा, व्यवसाय विकास र अन्तर्राष्ट्रिय समन्वयमा देखाइएको उत्कृष्टताका आधारमा प्रदान गरिएको हो।

अध्यक्ष रानाभाटको नेतृत्वमा माडी जेसीजले वर्ष २०२५ मा सञ्चालन गरेका अभियानहरू—जस्तै युवा सशक्तिकरण, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, खानेपानीको व्यवस्थापन, र चिया वितरण कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको संस्था जनाएको छ।
