माडी नगरपालिकालाई अर्गानिक हब बनाउन माडी जेसीजको आयोजनामा पर्यटन प्रर्वद्धनसंगै माडीको व्यापार, व्यवसाय फस्टाउने एक कार्यक्रम ग्रामीण व्यवसाय प्रवर्द्धन गाउँको बजार ब्राण्डको बिस्तार विषयक कार्यशाला आज माडीमा सम्पन्न भएको छ।
माडी जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि ईश्वर रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रम माडी नगरपालिकाको प्रवर्द्धन उद्योग वाणिज्य संघ माडी र उद्योग संघ माडी ईकाईको समन्वय रहेको थियो माडी–३ बसन्तपुरस्थित माडी नगरपालिका कृषि शाखाको सभाहलमा सञ्चालित ग्रामिण व्यवसाय प्रवर्द्धन, गाउँको बजार ब्राण्डको विस्तार विषयक कार्यशालमा प्रशिक्षण दिनुहुँदै प्रशिक्षक रामचन्द्र लम्साल प्रविन काफ्ले र देव नारायण शाहलेसो विचार व्यक्त गर्नुभएको हो ।
माडीमा व्यापार व्यवसायको प्रवर्द्धनमा चुनौती र अवसरसंगै सामाजिक संजाल आदिको विषयमा प्रशिक्षण दिनुभएको थियो भने माडी नगरपालिकाले बनकट्टा र बगही पोष्टमा नगर प्रहरी खटाई विषादीयुक्त मल र किटनाशक औषधि पुर्ण रुपमा बन्देज गर्नसके अगार्निक माडीभित्र उत्पादन भएका कृषि तथा दुग्ध उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सकिने बिचार व्यक्त भएको हो ।
भने,लाेकल अचार, अर्गानिक चामल, लाेकल मह, दुग्धजन्य पदार्थ, हाेमस्टेमा लाेकल परिकार र गाेरू गाडामा पर्यटक घुमाउने अवधारणाकाे विकास गरि व्यापार व्यवसायलाई सामान बेच्ने भन्दापनि स्थानीय पहिचानकाे कथा र भावना बेच्नेगरि साेच्नुपर्नेमा बिटफ्लक्स टेक्नाेलाेजिका सह-संस्थापक प्रविन काफ्लेले जाेड दिनुभयाे ।
त्यस्तै, प्रशिक्षक देव नारायण शाहले माडीमा व्यापार व्यवसाय प्रर्वद्धन गर्न सञ्चार माध्यम र विज्ञापनको भुमिका, माडीमा विज्ञापनको सम्भावना, अवसरहरुबारे प्रष्ट पार्नुभएको थियो ।
माडी जेसिजको आयोजनामा सञ्चालित कार्यक्रममा माडीका उद्योगी, व्यवसायी, होमस्टे सञ्चालक लगायत माडी युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।
माडी जेसिजले ग्रामीण व्यवसाय प्रवर्द्धन गाउँको बजार ब्राण्डको बिस्तार विषयक कार्यशाला आज माडीमा सम्पन्न गरेको छ ।
माडी जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि ईश्वर रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा रामचन्द्र लम्साल, देवनारायण शाह र प्रवीण काफ्लेले माडीमा व्यापार व्यवसायको प्रवर्द्धनमा चुनौती र अवसरसंगै सामाजिक संजाल आदिको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
