काठमाडौँ । काठमाडौंको चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। उनी घर भाडामा लिएर बस्दै आएको र लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो।
विशेष सूचनापछि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद रकम र उनी लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

