उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईलाई धारिलो हतियार (सिकल) ले गर्दनमा प्रहार गरेका थिए।
घटना २०८३ असोज ४ गते राति करिब १२ः३० बजे भएको हो। घटना भएपछि गन्दु राम राई आफैं अस्थायी प्रहरी पोस्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।
धारिलो हतियार प्रहारबाट घाइते भएकी बिमला राईलाई अस्थायी प्रहरी पोस्ट माडिबासबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई जनाको टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो।
तर, उपचारका क्रममा बिमला राईको राति १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
