पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा घर पुरिएर तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार ११ गते बिहान करिब ४ः३० बजे पहिरो खस्दा लिलबहादुर घर्ती मगरको घर पुरिएको हो। पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।
घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ। वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले उद्धार कार्यमा समेत सावधानी अपनाइएको प्रहरीले जनाएको छ।
