काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ३५५ रुपैयाँ रहेको थियो।
मङ्गलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।
