रोटर्याक्ट क्लव अफ चितवनले दर खुवाउने तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली हिन्दु नारीहरुको महान पर्व तिजको अवसरमा क्लबले नारायणगढको चुल्हो रेस्टुरेन्टमा(बुधवार) दर खुवाउने कार्यक्रम गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रोटरी क्लब अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले सौभाग्य र समृद्धिको चाड तीजको अवसरमा सम्पुर्ण नारीहरुलाइ शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा क्लबका दाजुभाइले दिदिबहिनी हरुसंग खुसी साट्दै उनिहरुलाइ नचाएका थिए।
विभिन्न पर्वमा बिबिध कार्यक्रम गर्दै आएको क्लबले तिजमा दिदिबहिनि लाइ सम्झिदै दर खुवाउने कार्यक्रम राखेको हो।दिदिबहिनी लाई शुभकामना प्रदान गर्दै परिकार हरुको स्वाद संगै रमाउन पाउदा खुसी लागेको बताउछ्न क्लबका अध्यक्ष सौगात अर्याल’।
कार्यक्रममा स्पाउस क्लब अफ आर.सि. कि अध्यक्ष कबिता चुके, स्पाउस क्लब अफ आर.सि. कि पुर्व अध्यक्ष योगिता पिया, रोटर्याक्ट क्लब अफ चितवनका पुर्व अध्यक्ष रोशन खरेल लगायतको उपस्थिति रहेको थियो।
अच्युत न्यौपाने संयोजक रहेको कार्यक्रमको सन्चालन क्लबका सचिव अमित सापकोटाले गरेका थिए।
