चितवन । चितवनमा शनिबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरको गोन्द्राङदेखि जिल्ला प्रशासन चोकसम्मको निर्माणाधीन ६ लेन सडकको पुरानो ३३ केभी लाइन नयाँ निर्मित ३३ केभीमा सार्ने कामका लागि चनौली र पर्सा ३३ केभी लाइन लाइन अवरुद्ध हुन लागेको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली ३३र/११ केभी सबस्टेसन, माडी वसन्तपुर ३३/११ केभी सबस्टेसन, पर्सा ३३र/११ केभी सबस्टेसनबाट विद्युत् वितरण हुने स्थानहरुमा लाइन अवरुद्ध हुने छ । चितवनमा आजभोलि मर्मत संभारको नाम बारम्बार विद्युत् अवरुद्ध भैरहेको छ ।

