• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

अफरोड एसयूभी जिम्नीलाई टक्कर दिने दाउमा गुर्खा, मूल्य भने सस्तो हुने


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । विश्वव्यापी रुपमा अफरोड गाडी खोज्नेको संख्या बढ्दै गएको छ । त्यसमा पनि हाम्रो जस्तो अधिकांश सडक अफरोड भएको ठाउँमा अफरोड एसयूभीको माग राम्रो हुनु स्वभाविक मानिन्छ ।

    Advertisement

    नेपालमा पछिल्ला दिनमा सुरु भएको ड्राइभ टुरिजमसँगै अफरोड एसयूभीको माग पनि बढ्दै गएको देखिन्छ । यो सेग्मेन्टमा महिन्द्रा थार मात्रै ग्राहकसँग छनोटमा थियो । तर, नयाँ जेनेरेशन थार बजारमा आएसँगै नेपालले अहिलेसम्म थार ल्याउन पाएको छैन । यस्तोमा सुजुकी जिम्नी नेपाल आएको थियो । अब भने जिम्नीसँग प्रतिस्पर्धा गर्न फोर्स गुर्खा नेपाल आउने पक्का भएको छ ।

    महिन्द्राको थार, फोर्स गुर्खा, सुजुकी जिम्नी तथा जीपको र्‍याङलर यो सेग्मेन्टमा उपलब्ध भएपनि सप्लाई कुनै पनि मोडलको राम्रो हुन सकिरहेको छैन । सप्लाईमा खासै समस्या नभएको जीपको र्‍याङलर मूल्यको कारण धेरै मानिसले खरिद गर्न सक्दैनन् ।

    मूल्यको हिसावले ७५ लाखदेखि ८० लाख भित्रमा किन्न पाइने सुजुकी जिम्नीलाई आयाम इन्टरनेसनलले नेपाल ल्याउन लागेको फोर्स गुर्खाले टक्कर दिने देखिन्छ । अझ भनौं जिम्नीको तुलनामा गुर्खा केही सस्तो हुने अनुमान गरिएको छ । आधिकारीक मूल्य सार्वजनिक नभएपनि गुर्खाको मूल्य ६५ लाखदेखि ७० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

    इन्जिनमा फरक

    फोर्सको गुर्खामा जर्मनी कार निर्माता मर्सिडिज बेन्जको इन्जिन प्रयोग भएको छ । यसमा मर्सिडिजको एफएम २.६ सिआरसीडी इन्जिन रहेको छ । उक्त इन्जिनले ९० हर्सपावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । गुर्खालाई कम्पनीले ४X४X४ अफरोड एसयूभी भन्ने गरेको छ । फोर बाई फोरले फोरह्वील ड्राइभको संकेत गर्छ भने फोर्सको गुर्खामा रहेको अतिरिक्त फोरले यो एसयूभी जमिन, हिउँ, मरुभूमी र पानीमा समेत गुढ्न सक्ने जनाउँछ ।

    सुजुकी जिम्नीमा १.५ लिटर क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०० हर्सपावर र १३० एनएम टर्क प्रदान गर्छ । जिम्नीमा पेट्रोल इन्जिन उपलब्ध रहेको छ । जिम्नीमा छ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटीक गियरबक्स पाउन सकिन्छ । जिम्नीमा पनि फोर बाइ फोर ड्राइभ अप्सन पाउन सकिन्छ ।

    बाहिरी आवरण

    सुजुकी जिम्नी फोर्स गुर्खाको तुलनामा निकै छोटो रहेको छ । यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । ३७७ लिटर लगेज स्पेश, ठूलो लेगरुम, २२५० एमएमको ह्वीलवेश पाउन सकिन्छ ।

    फोर्स गुर्खाको लम्बाई ४११६ एमएम, चौडाइ १८१२ एमएम, उचाई २०७५ एमएमको रहेको छ भने यसको ह्वीलवेस २४०० एमएमको रहेको छ ।

    फोर्सको गुर्खामा राउण्ड सेपको डिआरएल सहितको एलइडी हेडलाइट, मर्सिडिजको जी वागन स्टाइलको बक्सी डिजाइन, १६ इन्चको ड्यूलटोन अलोय ह्वील र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

    जिम्नीको लोकप्रियता संसारभर रहेको छ । जिम्नीमा १५ इन्चको अलोय ह्वील, गोलाकार एलइडी हेडल्याम्प, बक्सी डिजाइनमा तयार भएको बडी, २१० एमएमको निकै उच्च ग्राउन्ड क्लियरेन्सले जिम्नीलाई उत्कृष्ट बनाएको छ ।

    गुर्खामा ड्राइभर साइडमा फ्याक्ट्री फिटेड एयरइनटेकसँगै दिएको म्याट व्ल्याक कलरको स्नोर्कलले यसको पानीमा समेत गुड्न सक्ने क्षमतालाई दर्साउँछ । यो एसयूभी ७०० एमएमसम्मको पानीको गहिराइमा गुड्न सक्छ ।

    सुरक्षा फिचर

    सुजुकीले जिम्नीमा चालकको सुरक्षालाई ध्यानमा राख्दै एयरब्याग, एबीएसको साथ इबीडी, अगाडि डिस्क ब्रेक, ब्रेक एसिस्ट जस्ता फिचर दिइएको छ । साथै, वाइप–डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, एन्टी–स्क्राच प्लास्टिक बम्पर जिम्नीमा पाउन सकिन्छ ।

    फोर्स गुर्खामा अगाडि डिस्क तथा पछाडि ड्रम ब्रेक पाउन सकिन्छ । साथै, दुई एयरव्याग, इबीडी सहितको एबीएस, हिल होल्ड एसिस्ट, ब्रेक एसिस्ट जस्ता फिचर यसमा उपलब्ध छन् ।

    क्याविन

    गुर्खाको क्यावीनमा छिर्न र ओर्लिनकाका लागि लामो फुटरेस्ट दिइएको छ । चालकको सहजताको लागि ड्यासबोर्डमा सेमी डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ इन्चको इन्फोटेन्मेन्ट टचस्कृन, अटो कर्नरिङ हेडल्याम्प, अटोडीमीङ इन्टेरियर लाइट, फलोमी होम लाइट, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर प्रदान गरेको छ ।

    सुजुकी जिम्नीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल कार प्ले सपोर्ट, क्लाइमेट कन्ट्रोल नभ, आकर्षक तथा कम्फर्टेवल सिट, ह्वील आर्क–स्पार्टजस्ता फिचर दिइएको छ ।

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.