काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्ण गरेको हो । सरकारले गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेको थियो । बिहिबार बस्ने बैठकमा एमसीसीमाथि बहस गरिनेछ ।
यस्तै आज बसेको लोसपाको बैठकले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हा । प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद रहेका छन् ।
