फोर्सको SUV सेगमेन्टको 4*4*4 Gurkha BS6 भर्सन यसै हप्ताबाट विक्री सुरु हुने भएको छ । भारतमा केहि महिना अघि विक्री सुरु भएको Gurkha BS6 फेब्रुअरीमा नेपाल आउने यसअघि नै कम्पनीले जनाएको थियो ।
‘4*4*4 Gurkha नेपाल आएको छ, यदि सेडियुलमा नै काम भयकाले यसै हप्ताबाट विक्री सुरु भैरहेको छ फोर्सको आधिकारीक वितरक आयाम ईन्टरकन्टिनेन्टलका निर्देशक निरन के.सि ले जानाकारी दिए ।
फोर्सले यस अघि CRUISER, TRAVELLER,KARGOKING जस्ता कमर्सियल गाडि नेपाली बजारमा विक्री वितरण गर्दै आएको थियो भने अब बजारमा Personal SUV अत्याधिक माग भएपछि Gurkha गाडि नेपाल ल्याईयको हो Gurkha भारतमा अत्याधिक सफल भईसकेकाले नेपालका फोर्सका सोरुमहरुमा बुझ्नआउनेको भिड नै लागेको छ र माग धेरै भयर सप्लाईमा कहि कतैबाट समस्या हुँन दिदैनै भन्नुहुन्छ आयाम ईन्टरकन्टिनेन्टलका निर्देशक निरन के सि ।
Gurkha नेपाली बजारको लागि निकै सुहाउदो गाडी समेत मानीयको उनले दाबी गर्य । Gurkha SUV सेग्मेन्टमा निकै सफल यो मोडल BS6 आउने समाचारहरु आएसँगै SUV गाडी खोज्नेहरुको बीचमा यसको राम्रै चर्चा रहेको छ ।
Gurkha चर्चा बढ्नुमा यसमा रहेको ग्राउन्ड क्लियरेन्स,ईन्जीन,गियरबक्स र गाडीको आक्रसक पनि मुख्य कारण हो । फोर्सले यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ । फोर्सको BS6 प्रविधिमा आधारित Gurkha को सुरुवाती मूल्य ७८९९००० रहेको छ ।
Gurkha तिन कलर अप्सनमा उपलब्ध हुनेछ ।
त्यस्तै, गाडीमा स्मार्ट की , चारै चक्कामा डिफेन्सियल लक पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि Gurkha मा यी बाहेक धेरै विशेषताहरू रहेको बताउछ्न के सि ।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो Gurkha मा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।
