चितवन । चितवनमा बलेरो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान ७:३५ बजे भरतपुर महानगरपालिका ५ तोरीखेतमा प्राईम केबलको ग ३ च ७२७० नम्बरको बलेरो अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा स्याङजा बिरुवा गाउँपालिका ३ का ३७ वर्षीय तुम बहादुर राना, पर्वतको कुस्मा १४ का २२ वर्षीय दिनेश क्षेत्री, सोही स्थानका २४ वर्षीय विशाल विक, गुल्मीको सत्यवती गाउँपालिका ६ का २२ वर्षीय सरोज भण्डारी, पर्वत कुस्मा ८ का १८ वर्षीय सुन्दर विक, कुस्मा १४ का २६ वर्षीय विशाल गुरुङ, कुस्मा २ का २१ वर्षीय अशोक क्षेत्री, सोही स्थानका २० वर्षीय सुनिल सुनार, २१ वर्षीय कृष्णबहादुर विक र स्याङजाको बिरुवा ३ का २६ वर्षीय धिरज सारु मगर घाइते भएका छन् ।
उनीहरुको चितवन मेडिकल कलेज (सीएमसी) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार प्रेमबस्तीबाट चौबिसकोठीतर्फ आउँदै गरेको बलेरो कुकुरलाई ठक्कर दिई आफै अनियन्त्रित भएर पल्टिएको हो ।
