• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

अस्पताल आफैँमा ठुलो सङ्गठन हो,


  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
  • डा. कृष्णप्रसाद पौडेल

    Advertisement

    आधुनिक चिकित्साविज्ञानको जन्म भएसँगै बिरामी भएपछि मानिसहरू अस्पताल जान्छन् । यो वर्तमान समयको स्वास्थ्यको सामाजिक मोडल हो, जुन बिरामी, अस्पताल र डाक्टरको त्रिकोण बनाएर चलेको छ । तर अस्पताल मात्र स्वास्थ्यउपचारको केन्द्रविन्दु हुने हो कि समग्र जनस्वास्थ्यलाई मध्यनजर गर्दा स्वास्थ्यउपचार गर्न अर्को मोडल पनि आवश्यक छ भन्ने बहसहरू हुने गरेका छन् । कुनै एउटा साधारण नागरिक आफ्नो कामविशेषले नेपालमा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालय जाँदा कति सहज महसुस गर्छ । त्यसभन्दा बढी सजिलो वा सहज महसुस अस्पताल प्रवेश गर्दा गर्छ कि गर्दैन भन्ने प्रश्न गरौँ त । स्वास्थ्यजस्तो जीवन–प्राणको सवाल हुने ठाउँमा सबै किसिमबाट एउटा बिरामी वा उसका आफन्तले आफूलाई सुरक्षित र आफू जाँदै गरेको अस्पताल वा संस्था पूर्ण विश्वासिलो महसुस गरिरहेका छन् त ? यी सवालहरूमा प्रश्नवाचक चिह्नहरू छन् । अस्पताल आफैँमा ठुलो सङ्गठन हो, जहाँ एकदिनमै सयौं मानिसहरूलाई सरोकार राख्दा सङ्गठनका नियम कानुनअनुसार सबैले चल्नुपर्ने हुन्छ । तर स्वास्थ्यउपचार भनेको निजी विषय हो। प्रत्येक बिरामीले आफैँलाई पर्याप्त केयर चाहियो भनेर सोच्छ तर सङ्गठनको क्षमता, स्रोत र सरचनाशैली बिरामीको आशाअनुसार हुने गरेको छैन भन्ने भेटिन्छ । यस्तो हुनुमा समाजशास्त्री म्याम्स वेवरको सङ्गठन र कर्मचारीतन्त्रको व्याख्यासँग विश्लेषण गर्न सकिन्छ सेवाग्राहीप्रति कर्मचारीहरूको तौरतरिका र सङ्गठनले निरन्तर निगरानीमा राख्ने अवस्था अनि उपचारको आर्थिक पाटोले गर्दा अस्पताल आम मानिसहरूलाई सजिलो ठाउँ लाग्दैन । यी असमञ्जस्यताहरूले सेवाग्राहीमा यस्ता सेवा दिने संस्थाहरूप्रति विद्रोह पलाएर आउँदछ ।

    त्यसो भए अस्पतालको वैकल्पिक मोडल के हुन सक्छ त रु सन् १९९० मा बेलायतमा उपचार प्रणालीलाई नेसनल हेल्थ सर्भिस (NHS) अनुरूप लगिंदा पनि यसको ऐनमा नै NHS र सामुदायिक केयर सँगै राखेको रहेछ । कतिपय स्वास्थ्यउपचार समुदायस्तरमा नै हुने भएमा यसको सकारात्मक प्रभाव व्यक्तिको स्वास्थ्य र जनस्वास्थ्यमा पर्ने देखिएको छ ।

    अस्पतालको विकल्पका रूपमा नभई अस्पतालका सेवाहरूको विस्तारित रूप सामुदायिक स्वास्थ्यमा दिन सकियो भने यो नै उपयुक्त तरिका होला भन्ने अनुमान लगाउन सकिन्छ । विभिन्न स्रोतहरूले यो कुराको निक्यौल गरेका छन् । कति केयर समुदायमै दिने र कसरी दिने भन्नेचाहिँ निरन्तर चासोको विषय छ ।

    म्याक्स वेवरको भनाइमा सङ्गठनहरूमा पनि पुँजीवादी समाजकै प्रभाव छ र त्यहाँका मानिसहरू पनि फलामे पिंजडाभित्रजस्ता छन् । अस्पतालमा पनि यसै कारण भावनामा ओर्लेर कसैले काम गर्दैनन्, केवल तर्कले मात्र काम गर्दछन् । अतः सबैले भनेजस्तो न्याय नपाउन सक्छन् । अस्पतालमा आउने सेवाग्राहीहरू अन्य कार्यालयमा भन्दा ज्यादा दुःख बोकेर आएका हुन्छन् । तर धेरै मानिसलाई व्यवस्थापन गर्नुपर्ने साङ्गठनिक उद्देश्यले कर्मचारीतन्त्र जड़ भइसकेको हुन्छ । सबैले पिंजडाको सुगाजस्तै अहाएको काम मात्र जेनतेन गर्छन् । आ(आफ्नै कठ्याङ्ग्रिएका पीडा बोकेर नर्स, डाक्टर वा स्वास्थ्यकर्मीहरू बिरामीहरूसँग पनि यान्त्रिक कुरा गर्न पुग्छन् । भावना निमोठिइसकेको हुन्छ । यो किंकर्तव्यविमूढ गराउने काम भौतिक जीवनपद्धतिले गराएको हुन्छ, जसको जननी पुँजीवादी समाज नै हो । जस्तैः नर्सहरू फर्केर बोल्छन्, डाक्टरहरू धेरै बोल्दैनन् सबैलाई फलामे पिंजडाभित्रको जन्तुहरूजस्तै एकोहोरो बनाउने काम पनि यही भौतिकवादी संसारले नै बनाएको छ र यही जडताले बिरामी र बिरामीका मान्छे पनि पहिले पूर्वाग्रही भएका हुन्छन् । उनीहरू पनि डाक्टर, नर्ससँग पहिल्यै सकारात्मक हुँदैनन् ।

    अस्पतालको गार्डदेखि नै कर्मचारीहरू बिरामीहरूप्रति प्रायः सहिष्णु हुँदैनन् त्यसैले कर्मचारीहरूको जडता र सङ्गठनको निगरानीले साधारण बिरामीहरूलाई अस्पताल जान सहज लाग्दैन । न्यून आयस्रोत भएकाहरू अस्पताल वरिपरिका मेडिकलहरूमा जान्छन् र औषधि लिन्छन् जति निःशुल्कका कार्यक्रम चलाए पनि नेपालजस्तो देशमा यो लक्षित वर्गमा पुग्ने गर्दैन । उदाहरणका लागि नेपाल सरकारले ‘आमा स्याहार’ कार्यक्रम ल्याएर गर्भवतीदेखि सुत्केरीसम्म निःशुल्क कार्यक्रम ल्यायो र घर फर्कदा खर्चसमेत दिएर पठायो । तर चितवनमा यो कार्यक्रम जति वर्षदेखि चलिरहे पनि यो सेवा लिने तिनै कानभरि सुनका ढुङ्ग्री लाएका महिलाहरू मात्र भए । डाँडाको चेपाङ सुत्केरी गराउन यहाँ आएन, न त बछ्यौलीको मुसहर नै यहाँ बच्चा पाउन आए । त्यसैले अस्पतालहरू पनि पूँजीवादी व्यवस्था र समाजमा क्लास सिस्टमको हिस्सेदार र पृष्ठपोषक भएका छन् । क्लासअनुसार मानिसहरू अस्पताल जान्छन्, जसरी आजकल हाम्रोजस्तो देशमा मध्यमवर्गका बच्चाहरूसमेत सरकारी स्कुल जाँदैनन्

    अब नेपालमा गाउँस्तरमै स्वास्थ्यचौकीहरू छन् । त्यसले समुदायमा स्वास्थ्यउपचारको काम गरिरहेकै छ भन्ने कुरा आउँछ । स्वास्थ्यसंस्थाहरू छन् तर यी संस्थाहरूले अस्पतालसँग मिलेर काम गर्दैनन् स्वास्थ्यउपचारमा सरल रेफरल प्रणाली छैन सबैले आ(आफ्नै ढङ्गले काम गर्छन्, जसले गर्दा गुणस्तरको सेवा छैन । स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरू जनस्वास्थ्य कार्यालयको मातहतमा राखिन्छ, जसले उपचारात्मक कुरामा कुनै दिशानिर्देश गर्न सक्दैन यी स्वास्थ्य संस्थाहरू अस्पतालको रोहबरमा चले मात्र उपचारात्मक सेवामा एकात्मकता आउने थियो होला नभए अस्पतालको सेवा समुदायमाु भन्नै सकिन्न । स्वास्थ्य संस्था वा अस्पतालहरूको संरचनागत र कर्मचारी मनोवृत्तिको विश्लेषण गर्ने क्रममा म्याक्स वेवर (१९९७, २०००) ले कर्मचारीहरूको तीन किसिमको प्रवृत्तिको वर्णन गरेका छन्

    क) भावनाअनुसार काम गर्ने :

    कर्मचारीहरू त्यो समयमा भएको आफ्नो इमोसनअनुसार काम गर्छन् । मुड राम्रो भयो भने बिरामीलाई धेरै समय दिन्छन् र राम्रो व्यवहार गर्छन् मुङ राम्रो नभए राम्रो हेरविचार गर्दैनन् ।

    ख) परम्परावादी शैली :

    मनदेखि नै सबै काम नगरी चालचलनअनुसार भूमिका निभाउँछन् । औपचारिक शब्दहरू प्रयोग गर्न हिच्किचाउँदैनन् ।

    ग) तर्कसङ्गत तरिका :

    विज्ञानले बताएअनुसार तर्क र प्रमाणका आधारमा काम गर्छन् । निश्चित मापदण्डअनुसार काम गर्ने हुँदा यो फलामे पिंजडाभित्र सबैले काम गरेजस्तो देखिन्छ । यो पुँजीवादी तरिका हो तर पिटर ब्लाउ (१९७३) ले सङ्गठनहरूमा कर्मचारीहरूलाई धेरै औपचारिक बनाउनुभन्दा काम गर्ने वातावरण अनौपचारिक भयो भने अस्पतालहरूमा पनि काम राम्रो हुने बताउँछन् । फोकल्टले (१९७०, १९७१) भनेजस्तो धेरै निगरानीले पनि कर्मचारीहरू काम गर्न प्रेरित हुँदैनन् स्वास्थ्यकर्मीलाई राम्रो काम गर्ने वातावरण दिन केही स्वतन्त्रता र प्रोत्साहन पनि चाहिन्छ । प्रोत्साहनका लागि तलब सुविधाहरू सन्तोषप्रद हुनु त्यति नै आवश्यक छ । साथै अहिलेको इन्टरनेटको प्रयोग र डाटाको प्रयोगले काम गर्ने तौरतरिका अस्पतालहरूमा पनि परिवर्तन भइरहेको छ ।

    स्वास्थ्यसेवाको नीति पनि समाजबाट नै बन्ने हो तर ठुला अस्पताल र संस्थाले स्वास्थ्यसेवा प्रदान गर्ने सम्बन्धमा बिरामी र सेवाग्राहीका संवेदनाप्रति कम चासो राखेको र उल्टै समाजलाई वा सामाजिक स्वास्थ्यलाई नियन्त्रण गरेको भन्ने गरिएको छ विश्लेषकहरूद्वारा । नेपालका अस्पतालहरूमा पनि धेरै कुराहरू बिरामी र साधारण जनताको तर्फबाट हेर्दा मिलेका छैनन् । यसमा धेरै तत्त्वहरूको भूमिका भए पनि रेफरल प्रणालीको अभावले भद्रगोल देखिन्छ । साधारण बिरामीहरू समुदायमै उपचार गरेर गम्भीर हुँदै गएका समस्या मात्र ठुला अस्पतालमा आउने व्यवस्था मिलाउनैपर्छ । चरणबद्ध उपचार गर्ने तरिका वा परिपाटी नअपनाए नागरिक, स्वास्थ्यकर्मी सधैं एकअर्काप्रति असन्तुष्ट नै रहनेछन् ।  (प्रा.डा.कृष्णप्रसाद पौडेलको पुस्तक ‘लय छुटेको समय’ बाट) 

    शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.