• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

८० वर्ष नाघेकासँग चुनावी प्रतिस्पर्धा गर्दै देउवा र प्रचण्ड


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन्। प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ८० वर्ष नाघेका उम्मेदवार भिड्दैछन्।

    Advertisement

    गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष दाहालसँग ९९ वर्षका स्थानीय टीकादत्त पोखरेल चुनावमा भिड्दैछन्। पोखरेल नेपाली कांग्रेस (बिपी) का तर्फबाट उम्मेदवार हुन्। उनी देशभरिमै सबैभन्दा पाका उम्मेदवार हुन्। दाहालसँग उनी मात्रै नभएर अन्य ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेका २९ वर्षीय अब्दुल सलाम मियाँलगायत स्वतन्त्रसम्मका उम्मेदवार दाहालसँग चुनाव भिड्दैछन्। त्यसैगरी कांग्रेस सभापति देउवासँग डडेल्धुरा–१ मा ८४ वर्षीय कर्णसिंह रावल भिड्दैछन्।

    रावल स्वतन्त्रतर्फका उम्मेदवार हुन्। उनी २०७४ सालमा प्रतिनिधिसभा चुनावमा पनि डडेल्धुरामै स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला पनि देउवासँगै चुनावमा उम्मेदवार भएका उनले १४० मत पाएका थिए। उनले यसपटक पनि देउवासँग चुनाव लड्न रहर गरेका हुन्। अन्य पाका व्यक्तिहरू पनि चुनावी मैदानमा छन ।प्रतिनिधिसभातर्फ १६५ सिटका लागि देशभरबाट ८० देखि ९९ वर्षसम्मका उम्मेदवार १० जना छन्। तेह्रथुम–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ८७ वर्षीय युवराज गौतम चुनावी मैदानमा छन्।

    महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ८० वर्षीय महन्थ ठाकुर उम्मेदवार बनेका छन्। सर्लाहीबाट नेकपा माओवादी केन्द्र (एकल चुनाव चिह्न) बाट ८५ वर्षीय महिन्द्र राय यादव चुनावी मैदानमा छन्। उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए। त्यसैगरी बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका ८० वर्षीय चित्रबहादुर केसी चुनाव लड्दैछन्। उनी संविधानसभाको चुनावमा त्यसै क्षेत्रबाट विजयी बनेका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा बारा–१ बाट ८१ वर्षीय कृष्णराज गिरी, पर्सा–१ बाट ५० वर्षीय हृदयनारायणप्रसाद बरै, काठमाडौं–६ बाट ८५ वर्षीय विष्णुप्रसाद ढकाल, कास्की–३ बाट ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिना मैदानमा छन्।

    राजनीतिलाई फरक रूपमा हेर्दै आएका युवा गत स्थानीय चुनावदेखि राजनीतिमा आकर्षित देखिएका छन्। २०७९ वैशाख ३० मा भएको स्थानीय चुनावमा पनि युवा चुनावी मैदानमा थिए। युवा उम्मेदवारले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिएका थिए। यसपटक पनि स्वतन्त्र उम्मेदवारको लर्को देखिन्छ। प्रतिनिधिसभाको सांसद बन्ने इच्छा राखेर २५ देखि ४० वर्ष उमेर समूहका ७८३ जना युवा उम्मेदवार छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये ७८३ जना २५ देखि ४० वर्ष उमेरसम्मका छन्।

    तीमध्ये १०१ जना महिला र ६८२ जना पुरुष छन्। आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १ हजार ३४६ जना उम्मेदवार छन्। तीमध्ये १२४ जना महिला छन््। उम्मेदवारको उमेर समूह हेर्दा वयस्कहरूको वर्चस्व देखिन्छ। कुल उम्मेदवारमध्ये ४० देखि ६० वर्ष उमेर समूहका धेरै छन्।

    अघिल्लो पटक ८० वर्षसम्मका मात्रै चुनावमा

    २०७४ सालको प्रतिनिधिसभा चुनावमा ८० वर्षमाथिका उम्मेदवार थिएनन्। त्यसबेला ८० वर्षका दुईजना मात्रै उम्मेदवार थिए। त्यसबेला ८० वर्षीय महिन्द्रराय यादव र कर्णसिंह रावल उम्मेदवार बनेका थिए। ८० वर्षभन्दा माथिका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा थिएनन्।

    प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ गराउने प्रचलन छ। तर प्रतिनिधिसभाका सदस्यलाई ज्येष्ठ सदस्यको हैसियतमा सपथ गराउन भन्दा यादवले प्राविधिक रुपमा आफू जेठो भए पनि यथार्थमा त्यस्तो नभएको भनेपछि महन्थ ठाकुरले सपथ गराएका थिए। यादवले भने सभामुख चयन भएपछि मात्र प्रतिनिधिसभा सदस्यको सपथ लिएका थिए।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.