• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

वर्ष दिनमै जीर्ण बन्यो मध्यपहाडी लोकमार्ग: सडक भासियो, पर्खालहरू भत्किए


  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
  • मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडकमध्ये कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ।

    Advertisement

    कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भएपनि सडक भत्किँदै गएको छ। सो क्षेत्रको आधा दर्जनभन्दा बढी क्षेत्रमा सडक भासिएको छ। केही ठाउँमा खाल्डा नै पर्न सुरू गरेको छ । कमजोर निर्माण सामग्री प्रयोग भएकै कारण सडक जीर्ण बनेको हो। ह्युमपाइप, पर्खाल र नाला निर्माण गरिएका क्षेत्रमा सडक बढी जीर्ण बनेको योजना कार्यालय दैलेखले जनाएको छ।

    गुणस्तरहीन सिमेन्ट प्रयोग गरेका कारण पर्खाल भासिएको हो भने माटो भेरेर ह्युमपाइप राख्दा सडक भत्किन पुगेको आयोजनाका इन्जिनियर हुमनाथ पौडेलले बताए। मापदण्डविपरीत निर्माण गरिएका पर्खालहरू भत्काएर पुनर्निर्माण गर्न लगाएको उनले बताए।

    ‘इन्जिनियरको आँखा छलेर गुणस्तरहीन निर्माण गरिएका संरचनाहरू भत्काएर पुनःनिर्माण गरिएको छ’, उनले भने, ‘अब पनि गल्ती हुन नदिन ल्याव टेष्ट गर्न लगाएका छौँ।’ कुदुदेखि गिमासम्मको खण्डमा कमसल सामग्रीका कारण केही पर्खालहरू भत्किएकाछन्। भत्किएका ती पर्खालहरू पुनःर्निर्माण गर्न थालिएको छ।

    कमसल सामग्री प्रयोग गरेर निर्माण गरिएका पर्खालहरू ठेकेदारले पुनःर्निर्माण गर्न लागेको उनले बताए। ‘प्राविधिक समस्यले कमसल सामग्री प्रयोग भएको ठाउँमा पुनःनिर्माण गर्न थालेका छौँ’ सडक निर्माणको ठेक्का लिएको सिंह एण्डब्रोदर्स कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले भने, ‘जानाजान गल्ती भएको होइन, प्राविधिक कारणले त्रुटि भएका ठाउँमा सच्चाएका छौँ।’

    कुनै ठाउँमा प्राविधिक कमजोरी भए पनि अधिकांश ठाउँमा जमिन कमजोर भएका कारण सडक भासिएको उनको भनाइ छ। गुणस्तरहीन सामग्री प्रयोग गरिएर बनाइएका पर्खाल भने पुनर्निर्माण गर्न थालिएको उप्रेतीले बताए। एक-दुईठाउँमा मात्रै गल्ती बस गुणस्तरहीन सामग्री प्रयोग भएको उनको दाबी छ।

    तर स्थानीयले भने कुदुदेखि गिमासम्मको अधिकांश क्षेत्रमा कमसल सामग्री प्रयोग आरोप लगाउँदै आएका छन्। ठेकेदारले सडक निर्माणमा कमसल निर्माण सामग्री प्रयोग भएकै कारण वर्ष दिन नपुग्दै सडक भासिने, अधिकांश पर्खालहरू भत्किने र ह्युमपाइप राखिएका ठाउँहरू जीर्ण हुने गरेको स्थानीय बताउँछन्। ‘वर्ष दिन नहुँदै सडक ठाउँ-ठाउँमा भासिएको छ, कतै खाण्डाखुल्डी पर्न सुरू भएको छ’ भेरी नगरपालिका-८ का भद्रबहादुर शाहीले भने, ‘कमसल सामग्री प्रयोग गरेकै कारण सडक भासिने र पर्खालहरू भत्कने गरेको हो ।’ ठेकेदारले पुरानो सिमेन्ट र कमजोर सरिया प्रयोग गरेर पर्खाल बनाएको तर स्थानीय सरकार र सम्बन्धित निकायले प्रभावकारी निरीक्षण नगरेको उनको भनाइ छ।

    कुदुदेखि गिमासम्मको खण्डमा ठेकेदारले कमसल सामग्री प्रयोग गरिएको भन्दै त्यस क्षेत्रका स्थानीयले काम नै अवरूद्ध पारेका थिए। आफूहरूले ठेकेदारको विरोध गर्दा पनि वडा कार्यालय र आयोजनाले कुनै वास्ता नगरेको अर्का स्थानीय नरबहादुर शाहीले बताए। ‘सुरूमै निर्माण सामग्री कमसल भयो भनेर हामीले विरोध गरेका थियौँ तर कसैले वास्ता गरेनन्’, उनले भने, ‘उ बेला आयोजना र स्थानीय सरकार चुपचाप बसे ।’ तर निर्माण कम्पनीले भने स्थानीयले भने गुणस्तरीय सामग्री प्रयोग भएको दाबी गर्दै आएको छ।

    स्टिमेटविपरीत काम भएपछि भुक्तानी रोकियो

    मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटकोट मन्टाभिरमा स्टमेट अनुसार काम नभएपछि भुक्तानी रोकिएको छ। मन्टाभिरको काम स्टिमेटअनुसार नभएपछि आयोजनाले ठेकेदारलाई भुक्तानी दिएको छैन। ‘ठेकेदारले सम्झौतामा उल्लेख भएको स्टामेट अनुसार काम गरेन्’, मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय दैलेखका प्रमुख युवराज पोख्रेलले भने, ‘स्टिमेटअनुसार काम नहुँदासम्म भुक्तानी दिन मिल्दैन।’ अब स्टिमेटअनुसार काम नगर्दासम्म भुक्तानी नदिने बरू ठेक्का नै तोड्न सक्ने कार्यालयको भनाइ छ।

    ठेकेदार कम्पनीले भने स्टिमेटअनुसार काम गरिरहेको दाबी गरेको छ। रकम भुक्तानी नभएपछि हालः सडकको सो क्षेत्रमा बाँकी काम रोकिएको छ। लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा पर्ने कुल ८३ किलोमिटरमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ। जसमध्ये मन्टाभिरमा मात्रै ट्रयाक खोल्न बाँकी छ। ट्रयाक खुल्न बाँकी रहेको मन्टाभिरसहित ३३ किलोमिटर खण्डमा कालोपत्रे हुन बाँकी छ। कुल खण्डमध्ये ५४ किलोमिटर सडक निर्माणको जिम्मा सिंह एन्ड ब्रदर्स कम्पनीले लिएको छ।

    कुल ५५ करोड ६३ लाख ३ हजार ४७६ रुपैयाँमा ४ माघमा २०७८ सम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। तर कोरोना महामारी कारण आयोजनाको म्याद थप गरेर २६ असार २०८० सम्म म्याद थप गरेको हो। तर भुक्तानी नभएकै कारण बाँकी खण्डको काम रोकिएको निर्माण व्यवसायीले जनएको छ। मापदण्डअनुसार काम भएका क्षेत्रको कुल ४५ करोड ४६ लाख नाै हजार १५७ रुपैयाँ आयोजनाले ठेकेदारलाई भुक्तानी दिइसकेको छ।

    स्थानीय भन्छन्- ठेकेदारबाट ठगियौँ

    सडक निर्माणको काममा खटिएका स्थानीयले भने आफूहरू ठगिएको बताएका छन्। सम्पूर्ण ज्याला नदिएर ठेकेदारले ठगेको स्थानीयले बलवीर चन्दले बताए। ‘कालापहाड जान छोडेर सडकको काम गरौँ’ उनले भने, ‘तर ठेकेदारले पूरै कामको ज्यालादिएन।’ भेरी नगरपालिका-८ का भद्र शाहीको दुई लाख ५० हजार, निलु चन्दको ५५ हजार, ललित शाहीको दुई लाख ५२ हजार ररुपैयाँ ठेकेदारले नदिएको गुनासो गरे । तर ठेकेदार उप्रेतीले सबैलाई ज्याला दिइसकेको दाबी गरे।

    दश वर्षसम्म भेरीमा पुल निर्माण नहुँदा ठेक्का तोडियो

    मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट भेरी नगरपालिका-१३ र रुकुम पश्चिम चौरजहारी नगरपालिका बीचमा रहेको भेरी नदीमा निर्माण गर्ने भनिएको पुलको ठेक्का तोडिएको छ । १० वर्षसम्म निर्माणको जिम्मेवारी लिएको कम्पनीले काम नगर्दा ठेक्का तोडिएको हो।

    २९ असार २०६९ मा वाईपि कन्ट्रक्सन प्रालि ललिपुलसँग भ्याटसहित १४ करोड ८४ लाख २७ हजार ८ सय ८९ रुपैयाँ ५० पैसामा सम्झौता भएको उक्त पुल १० वर्षसम्म पनि काम नभएपछि बल्ल ठेक्का तोडिएको छ। १० चैत २०७३ सम्म १८ प्रतिशत काम गरेर दुई करोड ७० भुक्तानीसमेत लिएको निर्माण व्यवसायीले पटकपटक तोकता गर्दा पनि काम नगर्दा समस्य हुँदै आएको थियो । ठेक्का सम्झौता तोडिएसँगै नयाँ ठेक्काको प्रक्रिया अगाडि बढाइएको लोकमार्ग योजना कार्यालय दैलेखले जनाएको छ।

    शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.