नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचन सकिएको छ। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।
बुधबार विहान सिंहदरबारमा भएको निर्वाचन सकिएछि अब मतगणनाको तयारी भएको छ। केही बेरमा मत परिणाम सार्वजनिक हुने बताइएको छ।
कांग्रेसका ८९ सांसद छन्। तर ८८ जनाले मत दिए। टेकबहादुर गुरुङ अदालतमा मुद्दा विचाराधीन रहेकाले मतदानमा सहभागी भएनन्।
