• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. सुनचाँदीको मूल्य बढ्यो

दोधारमा माधव नेपाल


  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
  • एमालेबाट विभाजित भएर एकीकृत समाजवादी गठन गर्दा त्यसका अध्यक्ष माधव नेपाल आफूहरुमा विद्रोही चेत भएको बारम्बार दोहोर्‍याइ रहन्छन्। एमालेबाट २३ सांसद लिएर बेग्लै पार्टी गठन गरेका माधव नेपाल त्यतिबेला निकै ‘रिल्याक्स’ देखिन्थे।

    Advertisement

    आफ्नै पार्टीको सरकार ढाल्न मुख्य भूमिका निर्वाह गरेका नेता नेपाललाई सजिलो बनाउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धि अध्यादेश जारी गरेर २० प्रतिशत सांसद भए पुग्ने गरी पार्टी विभाजन सहज बनाइ दिएका थिए।

    त्यसपछि नेता नेपालले एमालेका २३ जना सांसद लिएर नयाँ पार्टी गठन गरेका थिए। तत्कालीन समयमा एकीकृत समाजवादी सत्ता गठबन्धनको मुख्य घटक थियो, त्यसको लाभ एकीकृत समाजवादीले राम्रैसँग उठायो।

    दुई प्रदेशमा मुख्यमन्त्री, केन्द्र सरकारमा सहभागी, केही मुलुकमा राजदूतलगायत अन्य राजनीतिक नियुक्ती लिएर सत्ताको ख्वाद चाखेको एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले राम्रोसँग काखी च्यापेका थिए।

    स्थानीय तह निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा एकीकृत समाजवादीको शक्ति क्षयिकरण मात्रै भएर उ राष्ट्रिय दलसम्म पनि बन्न सकेन। त्यसमा पनि अहिले तत्कालीन पाँच दलीय गठबन्धन टुटेर एमाले-माओवादीसहितको नयाँ गठबन्धन बनेपछि त्यसको सबैभन्दा नराम्रो असर एकीकृत समाजवादी र मुख्यगरी त्यसका अध्यक्ष माधव नेपाललाई परेको छ।

    उनी आफ्नो जीवनको र राजनीतिक जीवनको उत्तराद्र्धमा सबैभन्दा बढी पीडित र निरीह बनेका छन्। प्रत्यक्षतर्फ दश सिट जितेर पनि राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादीलाई अब आफ्ना सांसद जोगाउने ठूलो कसरत गर्नुपर्नेछ।

    एमाले र माओवादीबीच नयाँ समिकरण बनेपछि त्यसमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउने पहल सुरु भएका छन्। तर त्यसमा एमालेको एउटा खेमा नेपालप्रति निकै अनुदार देखिएको छ। प्रचण्डलाई नेता मान्न तयार भएका एमाले कार्यकर्ता माधव नेपालको हकमा निकै अनुदार देखिएका छन्।

    माधव नेपालकाे हातमा अहिले न सत्त रह्याे, न साथ र सहयाेग दिने माओवादी नै। एमालेसँग नमिल्ने, माओवादीसँगको एकतापनि तत्काल संभव नदेखेका अध्यक्ष नेपालको आगामी राजनीतिक यात्रा झन् सकसपूर्ण हुने देखिन्छ।

    यो बीचमा माधव नेपाललाई एमाले मै फर्काउने गरी छलफल चलेका सामाचार बाहिरिए। तर त्यसमा कुनै सत्यता नभएको एमाले नेताहरुले बताएका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउने पहल भने जारी राखेका छन्।

    सरकारमा सहभागी हुने नहुने विषयमा छलफल गर्न एकीकृत समाजवादीले आज पोलिट्व्यूरो बैठक बोलाएको छ। दुई दिनसम्म चलेको स्थायी कमिटीले सरकारमा सहभागी हुने विषयमा पर्ख र हेरको नीति लिएको सम्मानित नेता झलनाथ खनालले बताए।

    सरकारमा सहभागी हुने विषयमा एकीकृत समाजवादीभित्र एकमत छैन। चुनाव जितेर आएकाहरु सरकारमा सहभागी हुनु पर्ने पक्षमा छन् भने पराजित बनेकाहरु पार्टी सुढृकिकरण र संगठन निर्माणमा जुट्नुपर्ने पक्षमा छन्।

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले भने एमालेसँग तत्काल एकता संभव नभएको निष्कर्ष नै निकालेको छ। बैठकमा बोल्ने अधिकांश नेताहरुले एमालेसँगको एकताको विपक्षमा मत राखेपछि तत्काल एमालेसँग एकता नहुने भएको हो।

    बैठकमा अध्यक्ष नेपालले आफूहरुले एमालेसँग एकताको प्रस्ताव नगरेको र एमालेबाट पनि त्यस्तो कुनै प्रस्ताव नआएको बताएका थिए। यद्यपि एमालेका तल्लो तहका नेताहरुसँग भेटघाट भएको नेपालले स्वीकार गरेका थिए।

    एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूले एमालेसँग एकताको प्रस्ताव नगरेको, त्यसमा रुचि नभएको र त्यो विशुद्ध हल्ला मात्र भएको बताए।

    माधव नेपालकाे हातमा अहिले न सत्त रह्याे, न साथ र सहयाेग दिने माओवादी नै। एमालेसँग नमिल्ने, माओवादीसँगको एकतापनि तत्काल संभव नदेखेका अध्यक्ष नेपालको आगामी राजनीतिक यात्रा झन् सकसपूर्ण हुने देखिन्छ।

    सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.