• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

के आरजु राणा पक्राउ पर्न लागेकी हुन् ? प्रहरीले के संकेत गर्न खोजेको हो ?


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित एउटा अडियोमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाको नाम लिइएको विषयमा अडियोको अनुसन्धान गरेपछि नेपाल प्रहरीले अडियोमा सुनिने आवाज शरणार्थी प्रकरणकै अभियुक्त सन्देश शर्माको आवाजसँग मिलेको बताएको छ ।

    Advertisement

    यो अडियो सार्वजनिक गरेर आफूलाई बदनाम गर्न खोजिएको सांसद राणाले दावी गरेकी थिइन् । उनले यो अडियो फेक भएको समेत दावी गर्दै यसको अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । उनको यही उजुरीको जवाफमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै अडियोमा सुनिने आवाज यसै प्रकरणका अभियुक्त सन्देश शर्मासँग मिलेको बताएको हो ।

    राणाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले त्यसमाथि अनुसन्धान गर्नु र अनुसन्धानपछि प्राप्त नतिजा राणालाई दिनु सामान्य प्रक्रिया हो । तर, राणाको उजुरीपछि अनुसन्धानको नतिजा दिन प्रहरीले जुन विधि प्रयोग गरेको छ त्यो असामान्य छ । र, प्रहरीले यसरी असामान्य तरिकाले यो कुरालाई सार्वजनिक गर्नुले प्रहरीले केही कुराको संकेत गर्न खोजेको हो कि भन्ने देखिएको छ ।

    यदि कसैले प्रहरीमा कुनै कुराको उजुरी दिएमा प्रहरीले त्यो विषय अनुसन्धान गर्नुपर्ने हो कि होइन भनेर बुझ्छ । त्यसपछि अनुसन्धान गर्नुपर्ने हो भनेर अनुसन्धान गरेर सम्बन्धित व्यक्तिलाई परिणामबारे जानकारी दिन्छ । यदि अनुसन्धानमा सरकार वादी भएर मुद्दा चलाउनुपर्ने देखिएमा त्यही अनुसार कानुनी प्रक्रिया अगाडि बढाउँछ । यद्यपि जानकारी दिएर मात्रै पुग्ने हो भने सम्बन्धित व्यक्तिलाई मात्रै जानकारी दिन्छ ।

    अनुसन्धानमा खुलेका कुराहरु सम्बन्धित पक्षहरुलाई मात्रै दिने प्रहरीमा प्रचलित अभ्यास हो । यो अभ्यास नेपालमा मात्रै नभएर विश्वका धेरैजसो देशमा प्रचलित छ । तर, आरजु मुछिएको अडियोको अनुसन्धानमा प्रहरीले जुन तरिकाले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेर अनुसन्धानमा खुलेका कुराहरु सार्वजनिक गरेको छ त्यो आफैंमा असामान्य छ । र, यसरी प्रहरीले केही कुरा संकेत गर्न खोजेको जस्तो देखिन्छ ।

    आरजु राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन् । कांग्रेस देशको सबैभन्दा ठूलो राजनैतिक दल हो र कांग्रेसकै बलियो समर्थनमा अहिलेको सरकार चलिरहेको छ । देउवा कांग्रेस संसदीय दलका समेत नेता हुन् र उनले जुनसुकै बेला समर्थन फिर्ता लिएर सरकार ढलाउन सक्छन् ।

    सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गरिरहेका छन् र गृहमन्त्री पनि माओवादीकै नारायणकाजी श्रेष्ठ छन् । आरजुको नामसमेत मुछिएको नक्कली शरणार्थी प्रकरणको अनुसन्धान श्रेष्ठले सम्हालिरहेको गृह मन्त्रालयले गरिरहेको छ । यस्तोमा आरजुमाथि कानुनी कारवाही अगाडि बढाउँदा सरकार नै जोखिममा पर्ने अवस्था हाउन सक्छ र यो कुराबारे सम्बन्धित सबै पक्ष जानकार छन् ।

    नक्कली शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका अभियुक्तहरुले नाम लिएको वा पोलेकै आधारमा प्रहरीले धेरै हाइप्रोफाइल आरोपीहरुलाई पक्राउ गरेको हो । पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व सचिव लगायत धेरै हाइप्रोफाइल व्यक्तिहरु पहिले पक्राउ परेका आरोपीले पोलेकै आधारमा समातिएका हुन् । यसरी पोल्नेमा सन्देश शर्मा पनि छन् । र, अहिले यो अडियो सन्देश शर्माकै भएको पुष्टि भएको अवस्थामा उनले आरजुलाई पनि पोलेको ठहरिन्छ ।

    सन्देश शर्माले पोलेको आधारमा प्रहरीले आरजु राणालानई पक्राउ गर्न पनि सक्छ । यद्यपि अहिलेसम्म प्रहरीले पक्राउ गर्ने तयारी गरेको कुरा बाहिर आएको छैन । यसको अर्थ प्रहरीले यो प्रकरणमा आरजुको संलग्नता पुष्टि गर्ने थप प्रमाण खोजेर मात्रै उनीमाथि हात हाल्ने तयारी गरेको पनि हुन सक्छ । र, प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा हुन सक्ने सम्भावित तनावलाई कम गर्नको लागि यो सूचना जानीजानी चुहाएको पनि हुन सक्छ ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही समयअघि यो प्रकरणमा जतिसुकै हाइप्रोफाइलको संलग्नता देखिए पनि नछोड्ने बताएका थिए । तर, आरजुको हकमा भने अहिलेसम्म केही पनि भएको छैन । पर्याप्त प्रमाण नपुगेर उनलाई पक्राउ नगरिएको हो वा उनलाई पक्राउ गरेमा सरकार नै ढल्ने दबाबका कारण पक्राउ गर्न नखोजिएको हो भन्ने स्पष्ट छैन । सन्देश शर्माले पोलेकै आधारमा उनलाई पक्राउ गर्न मिल्ने हो कि होइन भन्ने पनि प्रस्ट छैन ।

    यद्यपि प्रहरीले यसरी असामान्य तरिकाले अनुसन्धानमा खुलेका कुराहरु सार्वजनिक गर्नुले केही कुराको संकेत भने अवश्य गर्न खोजेका छन् । आरजु पक्राउ पर्दैछिन् भन्ने कुराको पूर्व संकेत गर्न, उनलाई पक्राउ गर्दा हुनसक्ने तनाव कम गर्न प्रहरीले यसरी सूचना सार्वजनिक गरेको हुन सक्ने एकथरिको आशंका छ । अर्कोतर्फ उनलाई पक्राउ गर्नको लागि प्रशासन अप्ठ्यारोमा परेको हुँदा जनस्तरबाट दबाब सिर्जना गर्ने उद्देश्यका साथ यो सूचना सार्वजनिक गरिएको हो कि भन्ने शंका गर्ने ठाउँ पनि छ ।

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.