• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड


  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
  • चितवन । स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो । एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ ।

    Advertisement

    दीर्घरोगीहरू आफँैमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ । पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार नौ सय ४० जना बिरामी आएका थिए । तीमध्ये दुई हजार सात सय नौ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । माडी नगरपालिका–४ की गोमादेवी चापागाईँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आउनुभएको थियो ।

    सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बस्नुभएकी उहाँले टोकन लिँदा दुई सय नम्बर पर्यो । बीमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ । मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आउनुभएकी उहाँ महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई–तीन महिनाको औषधि लिन पाए यो हैरानी व्यहोर्नुपर्ने थिएन ।” घरमा बुढाबुढीमात्रै भएको भन्दै ६५ वर्षीया चापागाईँले औषधि लिनका लागिसमेत समस्या हुने गरेको बताउनुभयो । “एक महिना कति चाँडो जान्छ, जान्छ”, उहाँले थप्नुभयो ।

    माडी चितवन राष्ट्रिय निकुञ्ज पार गरेर आउनु पर्दछ । माडी आउन जान मात्रै रु चार सयभन्दा बढी बसभाडा लाग्छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आउनुभएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउनुहुन्छ । अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । “लाइन बस्यो औषधि लिनका लागि १ः०० बज्छ”, उहाँले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अस्पतालमा बिरामीको चाप घटाउनका लागि पनि बीमाबाट पाउने नियमित सेवन गर्ने औषधि तीन महिनाको दिनुपर्छ ।”

    अस्पताल प्रशासनलाई नियमित भन्दासमेत नसुन्ने गरेको उहाँको गुनासो छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट बिरामी आमा लिएर आउनुभएका राजेश लामा आमालाई लिएर लाइनमा हुनुहुन्थ्यो । बयासी वर्षीया आमाको नियमित परीक्षण र औषधि सेवन गर्नुपर्ने भएकाले उहाँले बिरामी नै लिएर अस्पताल आउनुभएको हो । मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलको नियमित औषधि सेवन गर्नुपर्ने लामाले बताउनुभयो । अस्पतालमा बिरामीको चाप बढ्नुको कारण बीमाबाट पाउने औषधि लामो समयका लागि नदिनु रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि हिजो लगेजस्तो लाग्छ । केही दिनमै सकियो भन्नुहुन्छ ।

    अनि बिरामी लिएर आउनुपर्यो । भीड बढ्ने नै भयो ।” अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा दुई हजार चार सय ९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा दुई सय ४५ जनाले सेवा लिएका थिए । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामी नियमित औषधि खाने रहेको बताउनुभयो । उहाँको भनाइमा दुई महिनाको लागि मात्रै औषधि दिँदासमेत ४० प्रतिशत बिरामी घट्छन् ।

    अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बीमाका बिरामी छन् । उहाँले थप्नुभयो, “बीमाका बिरामीलाई तीन महिनाको औषधि दिन सकेमा अस्पतालको भीड धेरै घट्छ ।” यसले अस्पताल व्यवस्थापन र बिरामीले पाउँदै आएको झन्झट घट्ने उहाँको भनाइ छ । भीडलाई व्यवस्थित गर्नका लागि अस्पताल प्रशासनले औषधि फार्मेसी काउन्टर थप्दै लगेको छ । यस्तै टिकट काउन्टरसमेत थप्दै लगिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बिरामीको चापअनुसार कर्मचारी व्यवस्थापन गर्दै आइएको उहाँले बताउनुभयो ।

    अस्पतालबाट दिइने सेवाप्रति जनताको विश्वास बढ्दै जाँदा बिरामीको चाप बढेको उहाँको भनाइ छ । नियमित औषधि सेवन गर्ने बिरामीलाई बीमा बोर्डले लामो समयको औषधि नदिँदा चाप बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनासम्मको औषधि दिन मिल्ने भए चाप केही कम हुने थियो । बीमा बोर्डले पत्र पठाएर एक महिनाभन्दा बढी समयका लागि औषधि नदिन भनेपछि सोहीअनुसार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले निर्देशकसँग मौखिकसमेत कुराकानी गरेँ, सम्भव छैन भनेपछि एक महिनाका लागि मात्रै औषधि दिइएको हो ।”

    उहाँले बोर्डले दाबी स्वीकार नगर्ने भएपछि बाध्य भएर एक महिनाको मात्रै औषधि दिँदै आएको बताउनुभयो । केही महिनाअघिसम्म अस्पतालमा दुई महिनाका लागि औषधि वितरण गर्ने गरिएको थियो । भीड बढेपछि अस्पतालले तीन महिनाका लागि औषधि दिन सुरु गर्यो । यससँगै बोर्डले पत्राचार गरी नियमसङ्गतरूपमा एक महिनाका लागि मात्रै औषधि दिन पत्राचार गरेको थियो । बीमा कार्यक्रममा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा रहेको छ । बीमा दाबी अस्वीकृत दर निकै न्यून भएकाले वार्षिकरूपमा अस्पतालले पाउने रकम अन्यको तुलनामा धेरै छ ।

    मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.