नेपालका चर्चित कमेडियन आदर्श मिश्रले केहि व्यक्तिहरुको धम्कि पूर्ण फोन आएको बताएका छन्। गत बुधबार अस्पतालको लापरबाहीले गर्दा आफ्नो बुवाको मृत्यु भएको भन्दै भिडियो सार्बजनिक गरेका थिए।
उक्त भिडियो मा ‘एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन । अब कतिजनाको खान्छन् मलाई थाह छैन। ‘ भनेर मिश्र ले अस्पताल प्रशासनलाई आरोप लगाएका थिए।
‘एउटा मेसिन बिग्रिँदा त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर भाइ दुवै मेसिन बिग्रियो भनेर अफवाह फैलाउनेलाई कारबाही हुने कि नहुने ?’ एनएमसीको नर्सको लापरबाहीलाई पनि उनले भिडियोमा उल्लेख गरेका थिए।
मिश्रकालाई उनको भनाई फिर्ता गर्नु भनि धम्कि पूर्ण फोनहरुको आएका छन्। तर उनले आफुले भनेक कुरा हरु आफ्नो बुवा जस्तै हुन् , फिर्ता लिन नसक्ने बताएका छन्।

