काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले लुम्बिनी प्रदेशमा कुल ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख रुपैया र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख बजेट विनियोज गरिएको बताए । उनले चालु आर्थिक वर्षको भन्दा झन्डै तीन अर्ब रुपैयाँ घटाएर आउँदो आर्थिक वर्षको बजेट ल्याइएको बताए ।
