काठमाडौं – सरकारले विदेश जानको लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको रिपोर्टलाई मान्यता दिइने भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पिसिआर रिपोर्टलाई मान्यता दिने २२ नीजि अस्पतालको नाम सार्वजनिक गरेका छन् । जसमा ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।
यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुर रहेका छन् ।
